• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढी भिडभाड हुने मालपोत कार्यालय बर्दियामा दैनिकी व्यवस्थापन फितलो

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १४, मंगलवार २१:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कात्तिक १४ गते(माउण्टेनसमाचार) / जिल्ला स्थित सरकारी कार्यालय मध्ये सेवाग्राहीको बढी भिडभाड हुनेमा मालपोत कार्यालय गुलरिया पर्छ । जिल्लाका आठ वटा मध्य ६ वटा स्थानीय तहबाट सेवाग्राही मालपोत कार्यालयमा आउँछन् । बढी भिडभाड हुने मालपोत कार्यालयमा बढी राजश्व पनि संकलन हुन्छ । बढी भिडभाड हुने मालपोत कार्यालयको दैनिकी व्यवस्थापन फितलो देखिदाँ चौतर्फी आलोचना भईरहेको छ ।

    मंगलबार दिनभर विद्युत लाईन काटिदाँ मालपोत कार्यालले दिने सेवा अबरुद्ध भएर सेवाग्राही फर्किन बाध्य भएका छन् । मालपोत कार्यालयमा व्याकअपका लागि इन्भेटर, ब्याट्री र जेनरेटर छन् तर, समयमा मर्मतसम्भार नहुँदा कबाड जस्तै थन्किएर बसेका छन् ।

    कार्यालयका प्रमुखहरु आफ्नो कार्यकाल पुरा गर्छन जान्छन् तर कार्यालय व्यवस्थापन तिर ध्यान नदिदाँ सेवाग्राही हरेक दिन मारमा परेको सर्वसाधारणको भनाई छ । मालपोत कार्यालयको व्यवस्थापन पक्षको कमजोरीले सधैं दुःख पाएको सेवाग्राहीले गुनासो गर्छन् । कार्यालयले कार्यालयको दैनिकी व्यवस्थापनमा ध्यान नदिदा एक घण्टामा हुने काम यस्तै परे विभिन्न वाहानामा ३ दिन सम्म लाग्ने गरेको सेवाग्राहीले आरोप लगाए ।

    लाईन छैन भनेर कर्मचारीले त दिन काटे तर टाढा-टाढाबाट आएका सेवाग्राहीहरु दुःखी भएर फर्किन बाध्य भएका सेवाग्राहीहरु प्रति झनै कार्यालयका कर्मचारीहरुले गैरजिम्मेदार व्यवहार देखाउने गरेको एक सेवाग्राहीले जानकारी दिए।

    मालपोत कार्यालका प्रमुख मदन घिमिरे बिदामा छन् । निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा नरेश तिवारी छन् । मंगलबार बिहान ११ बजेदेखि लाईन काटिदाँ सेवा अबरुद्ध भएको मालपोतका निमित्त प्रमुख तिवारीले बताए । ‘व्याकअप नहुँदा अधिकांश कम्प्पुटर बन्द भएका छन्’ तिवारीले भने,‘व्याकअपले धानेजति सेवा दिएका छौ ।’ विद्युत कार्यालयमा सम्पर्क गर्दा रुख काट्दा र लाईन मर्मत गर्दा लाईन काटिएको जनायो । मालपोत कार्यालयमा जेनेरेटर छ तर बिग्रेको छ तर काम गर्दैन भन्दै सेवा ग्राहिले पाएको दैनिकी दुःख प्रति गैर जिम्मेवार पाराको जवाफ दिए। जसले गर्दा सेवा अबरुद्ध भएको निमित्त प्रमुख तिवारीले जानकारी दिए ।

    Post Views: 442
    प्रकाशित मिति: २०८० कार्तिक १४, मंगलवार २१:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.