• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

इजरायलद्वारा युद्ध विराम अस्वीकार

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १४, मंगलवार ०९:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,कात्तिक १४ / इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् ।

    उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो ।’ इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए । त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ ।

    उक्त आक्रमणबाट बालबालिकासहित सर्वसाधारणहरुसहित ८ हजारभन्दा धेरै मारिएपछि इजरायललाई युद्ध रोक्न दबाब छ । लाखौं नागरिक विस्थापित भएका छन् । प्यालेस्टाइनी जनतामा संकट गहिरिँदै गएपछि युद्ध विरामको माग गर्दै विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन समेत भएको छ ।

    इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने यो युद्धको समय हो भन्दै भनेका छन्, ‘पर्ल आर्बरमा बमबारी वा सेप्टेम्बर ११ पछि जसरी अमेरिका युद्ध विरामका लागि तयार हुँदैन त्यसरी नै सात अक्टुबरको आक्रमणपछि इजरायल हमाससँग युद्ध विराम गर्दैन ।’ उनले यो युद्ध इजरायलको साझा भविष्याका लागि भएको बताएका छन् ।साभार अनलाइनखबर

    Post Views: 305
    प्रकाशित मिति: २०८० कार्तिक १४, मंगलवार ०९:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.