• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेसलाई स्थानीयले सुनाए समस्या

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १४, मंगलवार ०९:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा,कार्तिक १४ / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगे । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी बेसक्याम्प पुगेका थिए ।

    पौने घण्टा बेसक्याम्पमा रहँदा उनले स्थानीयसँग जलवायु परिवर्तनको असरबारे अनुभव सोधेका थिए । सो क्रममा स्थानीयले आफूहरूले भोगेका समस्या गुटेरेसलाई सुनाएका थिए । गाउँपालिकाका अध्यक्ष विष्णु केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराएका थिए भने वडाध्यक्ष  हिमबहादुर गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए ।

    कार्यक्रममा महासचिव गुटेरेसले विकसित देशका कारण जलवायु परिवर्तन भएको बताए । नेपालको समस्याबारे अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउने पनि उनले बताए ।  ‘अहिले तपाईंहरुले भोग्नुभएको समस्या नेपालका कारणले सिर्जना भएको होइन । विकसित देशका कारण भएको हो’, उनलाई उद्धृत गर्दै अन्नपूर्ण ११ का वडाध्यक्ष गुरुङले भने, ‘म यो समस्याको बारेमा अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउँछु ।’

    अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किएका महासचिव  गुटेरेस अहिले केही बेरमा लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गुटेरेसले लुम्बिनीको भ्रमण गर्नेछन् ।  उनले आजै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ । साभार रातोपाटी

    Post Views: 165
    प्रकाशित मिति: २०८० कार्तिक १४, मंगलवार ०९:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.