• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हमासद्वारा गाजाका महिलालाई बन्धक बनाएको भिडियो सार्वजनिक

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १४, मंगलवार ०७:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हमासले सोमबार एक भिडियो सार्वजनिक गर्दै अक्टोबर ७ मा भएको आक्रमणका क्रममा २३० भन्दा बढी व्यक्तिहरूमध्ये तीन जना महिलालाई लडाकूहरूले अपहरण गरी गाजा लगिएको भनेका बताएको छ ।

    प्यालेस्टिनी इस्लामिक समूहले ७६ सेकेन्डको भिडियोमा ती महिलालाई ‘यहुदी बन्दी’ को संज्ञा दिएको छ तर उनीहरूको पहिचान तत्काल पुष्टि गर्न सम्भव छैन । सेतो टाइलको भित्तामा प्लास्टिकको कुर्सीमा बसेकी एक महिलाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सबै बन्दीहरूको रिहाईका लागि कैदी आदानप्रदानमा सहमत हुन आग्रह गरेकी छिन् ।

    हिब्रु भाषामा बोल्दा तिनी साह्रै आक्रोशित भएकी देख्न सकिन्छ र अन्तमा उनी रून्छिन् । तर तिनको दुवैतिर बसिरहेका अरू दुई जना चुपचाप बसेका देख्न सकिन्छ । हमासका सयौं बन्दुकधारीले सीमा पार गरी दक्षिणी इजरायलमा प्रवेश गरी किबुट्ज समुदाय, शहर र सैन्य अखडामा आक्रमण गरेपछि बन्धक बनाइएका थिए ।

    तिनीहरूको उमेर ८० वषको हाराहारीमा रहेको अनुमान गरिएको छ । हमासले घेराबन्दी गरेको क्षेत्रमा निर्माण गरेको भूमिगत सुरुङको विशाल सञ्जालमा उनीहरूलाई राखिएको अधिकारीहरूले विश्वास गरेका छन् ।

    इजरायलले आफ्नो इतिहासकै सबैभन्दा खराब आक्रमणमा एक हजार ४०० जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई तथा स्थल आक्रमणमा परी आठ हजार ३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी महिला तथा बालबालिका रहेको जनाएको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले अक्टोबर ७ मा गरेको भीषण आक्रमणका तीन जनालाई बन्धक बनाएको भिडियो ‘क्रूर मनोवैज्ञानिक दुष्प्रचार’ भएको बताएका छन् । “यो हमास–आइएसआइएसको क्रूर मनोवैज्ञानिक प्रोपोगान्डा हो,” नेतन्याहूले भिडियो सार्वजनिक भएलगत्तै आफ्नो कार्यालयले जारी गरेको टिप्पणीमा गाजाका लडाकूलाई इस्लामिक स्टेट समूहसँग तुलना गरेका छन् ।

    प्रधानमन्त्री नेतन्याहूले भिडियोमार्फत् सार्वजनिक महिलाको नाम येलेना ट्रुपानोब, डेनियल एलोनी र रिमोन किश्र्ट भएको बताउँदै ‘अपहरणमा परेका र हराइरहेका सबैलाई घर फर्काउने’ प्रतिबद्धता जनाएका छन् ।

    बन्दीहरूमाथि बढ्दो घरेलु दबाबको सामना गर्दै इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले आइतबार लडाकूहरूले बन्धकहरूको भाग्यमाथि ‘मनोवैज्ञानिक खेल’ खेलेको आरोप लगाएका छन् । अक्टोबर १६ मा हमासले इजरायली–फ्रान्सेली बन्धक मिया शेमको भिडियो सार्वजनिक गरेको थियो । साभार रातोपाटी

    Post Views: 236
    प्रकाशित मिति: २०८० कार्तिक १४, मंगलवार ०७:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.