• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

टी—२० विश्वकप छनोट क्रिकेट : हङकङले १६ रनले हरायो कुवेतलाई

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १३, सोमबार १७:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    टी—२० विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न चौथो खेलमा हङ्कङले कुवेतलाई १६ रनले पराजित गरेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो ।

    जवाफी ब्याटिङमा ओर्लिएको कुवेतले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो । जारी छनोट प्रतियोगितामा समूह ‘बी’ को यो दोस्रो खेल हो । यसअघि सोमबार नै खेलिएको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले बहराइनलाई पाँच विकेटले हराएको थियो ।

    समूह ‘बी’ दुई अंकसहित हङ्कङ पहिलो र समान अंक जोडेको यूएई दोस्रो स्थानमा छन् । नेट रन रेटमा यूएईभन्दा हङकङ अगाडि छ । हङ्कङको जितमा ब्याटिङतर्फ ओपनर मार्टिन कोएट्जीले ८१ रनको योगदान गरे । उनले केवल ४८ बलमा एक छक्का र १४ चौका पनि हिर्काए ।

    ओपनिङ विकेटका लागि मार्टिन र कप्तान निजाकत खानले एक सय एक रनको साझेदारी गरे । निजाकत खानले पनि २४ बलमा दुई चौकाको मद्दतले २५ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातले पनि टोलीको खातामा ३१ रन थपे । उनले २७ बलमा दुई छक्का र एक चौका हिर्काएका थिए ।

    कुवेतका बलर सैयद मोनिबले दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको कुवेतका लागि कप्तान मोहम्मद असलमले ५२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३९ बलमा एक छक्का र ६ चौका पनि हिर्काएका थिए ।

    विकेट किपर ब्याट्सम्यान उसमान पटेलले पनि २९ रन बनाएका थिए । उनले २४ बलमा एक छक्का र तीन चौका प्रहार गरे । बिलाल ताहिरले पनि ३६ रन बनाएका थिए । उनले केवल २६ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।

    हङ्कङका बलर इजाज खानले तीन विकेट लिएका थिए । एहसान खान र आयुष शुक्लाले पनि दुई—दुई विकेट हात पारेका थिए । जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप खेल्न पाउने छन् । साभार रातोपाटी

    Post Views: 243
    प्रकाशित मिति: २०८० कार्तिक १३, सोमबार १७:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.