• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

टी—२० विश्वकप छनोट : बहराइनमाथि यूएईको प्रतिस्पर्धात्मक जित

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १३, सोमबार १२:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक१३ गते / सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) ले बहराइनलाई पाँच विकेटले हराएको छ ।

    काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १८.२ ओभरमा पाँच विकेट गुमाएर एक सय ३७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

    यूएईको जितमा तल्लो क्रमका ब्याट्सम्यान अली नासिरले अविजित ४८ रनको योगदान गरे । उनले २६ बलमा तीन छक्का र चार चौका पनि हिर्काए । एलिसन सराफुले पनि टोलीको खातामा २७ रन थपे । आसिफ खानले पनि २३ रन बनाए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले १२ रन जोडे । बासिल हमिद ११ रनमा अविजित रहे ।

    बहराइनका बलर रिजवान बटले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनका लागि हैदर बटले अर्धसतकीय पाली खेलेका थिए । उनले ४३ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले अविजित ५९ रन बनाएका थिए । उनको त्यो अर्धसतक पनि टोलीको जितका लागि अपर्याप्त बन्यो ।

    बहराइनका लागि सोहेल अहमदले पनि २८ रन बनाएका थिए । जुनैद अजिजले टोलीको खातामा २५ रन थपेका थिए । यूएईका बलर जुनैद सिद्धकी र आयान अफजल खानले दुई—दुई विकेट हात पारेका थिए । साभार रातोपाटी

    Post Views: 230
    प्रकाशित मिति: २०८० कार्तिक १३, सोमबार १२:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.