• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आज देखि टि२० विश्वकप छनोट,नेपालको सम्भावना वलियो

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १३, सोमबार ०६:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल आज सोमबार देखी नेपालमा हुँदैछ।मुलपानी र किर्तिपुर क्रिकेट मैदानमा हुने यो प्रतियोगिता भोलि कार्तिक १३ देखी कार्तिक १९ सम्म हुनेछ । यो प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् ।सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

    समूह ए मा आयोजक नेपालसंगै मलेसिया, सिंगापुर र ओमान मा छन् । समूह ए का सबै खेल किर्तिपुर क्रिकेट मैदानमा हुनेछन्।

    समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन्।समूह बी का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्।

    समूह ए र समूह बीबाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।

    नेपालले अहिलेसम्म एक पटक मात्रै विश्वकप खेलेको छ। नेपालले सन् २०१४ मा बंगलादेशमा टि२० विश्वकप पहिलो पटक खेलेको थियो । नेपाललाई घरेलु मैदानमा पुन टि२० विश्वकप खेल्ने स्वर्णिम अवसर रहेको खेल विश्लेषकको भनाईछ ।

    विश्वकप छनोटमा नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपालले विश्वकपमा स्थान बनाउने धेरै सम्भावना रहेको नेपालका प्रशिक्षक मोन्टी देसाईको भनाईछ । ८ टोलीमा नेपाल टि२० आई वरियतामा अग्रस्थानमा रहेको छ। नेपाल वरियतामा १६ औं, युएई १७ औं र ओमान २० औं स्थानमा छन्।

    मोन्टी देसाईले नेपाली टोलीलाई सम्हाले देखि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएकोले नेपाल छनौट हुने वलियो सम्भावना रहेको प्रशिक्षक देसाइ बताउँछन । चिनमा भर्खरै सम्पन्न एसियन गेम र एसिया कप क्रिकेटमा भारतसहित टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेका नेपालको मनोबल उच्च छ।

    विश्वकप छनोट खेल्ने सबै आठ टोलीमा रहेका खेलाडीहरु यस प्रकार छन्।

    नेपालको टोली 

    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

    मलेसिया टोली 

    अहमद फैज मोहम्मद नुर, विरनदीप सिंह, सैद अजिज, विजय उन्नी, मोहम्मद आमिर, रिजवान हैदर, खिजार हया, हफिज यातिम, पवनदीप सिंह, अहमद जुबैदीन जुल्किफी, स्याजरुल इजात इद्रुस, हैकल मोहम्मद खैर, शर्विन मुनाीआन्डी, मोहम्मद रिड्जुन र मोहम्मद फ्रिटी शाम।

    सिंगापुर टोली 

    अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनकप्रकाश, अक्षक रुपक पुरी, थिलिप थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, अर्यान रसेल मेनन, अमात्र्य कौल, अर्याविर चौधरी र हर्ष भारद्धाज ।

    ओमान टोली 

    जिशान मकसुदर, अकिब इलियास, कश्याप प्रजापति, शोएब खान, आयन खान, मोहम्मद नदिम, मोहम्मद नसिम, बिलाल खान, अहमद फैयज बट, कलिमुल्लाह, सकिल अहमद, मेहरान खान, प्रतिक अथावले, सन्दीप गौड र सिद्धार्थ प्रसाद।

    हङकङको टोली

    निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा, जिशान अली ।

    कुवेत टोली 

    मोहम्मद अस्लाम (कप्तान), अली जाहिर, उस्मानघानी इब्राहिम, बिलाल ताहिर, यासिन पटेल, राविजा सन्दारुवान, मित भावसर, शरिज खान, परविन्दर कुमार, मिराज अहमद, सैद मुनिब, निमिश लातिफ, क्लिन्टो वेलुक्वारा एन्टो, मोहम्मद शफिक र इलायस अहमद।

    युएई टोली 

    मोहम्मद वासिम, अर्यांश शर्मा, एलिशान शराफु, जुनैद सिद्दिक, बासिल हामिद, आसिफ खान, आयन खान, अली नासिर, कार्तिक मयाप्पन, सन्चित शर्मा, जहुर खान, मोहम्मद जवादुल्लाह, निलान्श केश्वानी, खालिद शाह र वृत्य अरविन्द।

    बहराइन टोली

    उमेर इम्तियाज (कप्तान), अब्दुल मजिद अब्बासी, इमरान अली बट, सोहिल अहमेद, हैदर अली, इमरान जावेद अनवार, जुनैद अजिज, रिजवान बट, अली दाउद, अहमेर बिन नासिर, शरफराज अली, यासिर नजिर, सथैया विरपाथिरान, सचिन कुमार र साई सार्थक।

    Post Views: 255
    प्रकाशित मिति: २०८० कार्तिक १३, सोमबार ०६:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.