कैलाली, कात्तिक १२/ढुंगा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन्। जानकी गाउँपालिका-३ का ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको आरोपमा उनका २४ वर्षीय छोरा गणेश चौधरी पक्राउ परेका हुन्।

गणेशलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो। घरायसी विवादमा गणेशले ढुंगा प्रहार गर्दा हिराको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे सूचना प्राप्त हुनसाथ घटनास्थल पुगेको प्रहरीले गणेशलाई सोही स्थानबाट पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साभार सेतोपाटीबाट




