• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

फर्निचर उद्योग र काठ तस्करी गर्ने व्यक्तिसहित गाडी बचाउन दौडधुप तीब्र

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १२, आईतवार १०:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सालको काठ लोड गरेको बोलेरो गाडि र मोटरसाइकलसहित एक जना पक्राउ

    बर्दिया,कात्तिक १२(माउण्टेनसमाचार) / बबई सव डिभिजन वन कार्यालय बर्दियाले सालको गोलिया काठ लोड गरि राखिएको बोलेरो गाडि र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार बाँसगढी नगरपालिका–४ स्थित रहेको कन्चन समिलमा सालको गोलिया लैजाँदै गरेको अवस्थामा बेलोरोसहित एक जनालाई बबई सव–डिभिजनको टोलिले नियन्त्रणमा लिएको हो ।

    भे१च १२१६ नंम्बरको बोलेरोगाडि र भे६प २६३९ नंम्बरको मोटरसाइकलसहित एक जनालाई सव डिभिजनले नियन्त्रणमा लिएको छ ।
    बारबर्दिया–४ स्थित रहेको भैरव सामुदायिक वनबाट सालको काठ फडानी गरि ल्याई कन्चन समिलमा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा बोलेरो गाडि र मोटरसाइकलसहित एक जना पक्राउ परेको र गाडिमा रहेका केहि व्यक्ति फरार भएको समेत स्रोतले बताएको छ ।

    यो घटनालाई गुपचुपमै मिलापत्र गर्न र फर्निचर उद्योग साथै सालको काठ काटेर ल्याउने केहि व्यक्तिलाई बचाउन बबई सव–डिभिजन कार्यालय देखि डिभिजन वन कार्यालय बर्दिया सम्म नेताहरुको दौडधुप सुरु भईसकेको समेत स्रोतको दावी छ ।

    करिब ६२ क्युफिट सालको १० वटा गोलिया काठ बेलोरोमा लोड गरि राखिएको अवस्थामा बरामद भएको हो । बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाको सिमानामा काठ झारिरहेको अवस्थामा शुक्रबार काठसहित बेलोरो गाडी बरामद भएको बबई सव डिभिजन वन कार्यालयका अधिकृत ज्ञान बहादुर चौधरीले बताए । सव डिभिजन र डिभिजन वन कार्यालयको संयुक्त गास्ती टोलीले काठ सहित बेलोरो गाडि बरामद गरेको छ ।

    ‘बोलेरो गाडि र मोटरसाइकल डिभिजन वन कार्यालय गुलरिया शुक्रबार पठाईसकेको र काठ बबई सव–डिभिजन वन कार्यालय मगरागाडीमा राखिएको,’ अधिकृत चौधरीले भने,‘अनुसन्धानको क्रममा रहेका पक्राउ परेका व्यक्तीको नाम भिमलाल चौधरी हो ।’ काठ कहाँबाट ल्याईएको अनुसन्धानपछि खुल्ले र आज आइतबार कारवाही प्रक्रिया अघि बढाईने चौधरीले जानकारी दिए ।

    Post Views: 701
    प्रकाशित मिति: २०८० कार्तिक १२, आईतवार १०:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.