• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दसैँ सकिएसँगै किसानलाई धान काट्ने चटारो।

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १२, आईतवार ०९:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालीको महान् पर्व दसैँ सकिएसँगै देशैभरका किसान यतिबेला धान काट्ने काममा व्यस्त हुन थालेका छन् । कतिपय किसानले दसैँअघि नै काट्ने बेला भएको धानसमेत नकाटी दसैँ मानेर थन्क्याउने भन्दै थाती राखेका थिए ।खेतमा पाकेको धान काट्दै गरेका र काट्ने तयारीमा रहेका धेरै किसानलाई अहिले कतै पानी परेर वर्ष दिनभरि खाने बाली बिगार्ने त होइन भन्ने चिन्तासमेत छ । तर, मौसमविद्हरूले भने अबका केही दिन पानी पर्ने सम्भावना नरहेकाले ढुक्कले धान काट्न किसानलाई सुझाव दिएका
    छन् ।‘अबका केही दिन पानी पर्ने सम्भावना छैन,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले भने, ‘अबको कम्तिमा पनि तीन दिन पानी पर्दैन । किसानले ढुक्कले धान काटेर थन्क्याउँदा हुन्छ ।’महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । प्रविधिको विकाससँगै विगत केही वर्षयता महाशाखाले गरेको धेरैजसो मौसम पूर्वानुमान मिल्ने गरेको छ ।मौसमविद् प्रधानांगले देशका हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात र पहाडी क्षेत्रका एक–दुई ठाउँमा छिटपुट पानी परे पनि धान खेती धेरै हुने तराई क्षेत्रमा अबका केही दिन वर्षाको सम्भावना नरहेको बताए । महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।‘शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको थियो,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘शनिबार दिउँसोपख सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागमा आंशिक बदलीको अवस्था भयो ।

    सभार मिसन टूडे न्युज

    Post Views: 123
    प्रकाशित मिति: २०८० कार्तिक १२, आईतवार ०९:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.