• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘नुवाकोट’ जिल्लाकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ११, शनिबार १४:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नुवाकोट, कात्तिक ११ गते / पुतलीबजार नगरपालिका ५ र फेदीखोला गाउँपालिका १ को सिमानामा पर्ने ‘नुवाकोट’ जिल्लाकै एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । वि.सं २०२० सालसम्म जिल्ला सदरमुकाम रहेको नुवाकोट ऐतिहासिक महत्वका साथै धार्मिक र सांस्कृतिक हिसाबले पनि अग्रस्थानमा रहेको छ ।

    जिल्ला सदरमुकाम पुतलीबजारदेखि १५ किलोमिटर उत्तरमा पर्ने नुवाकोटलाई तत्कालीन चौबिसे राज्यका बेलामा पश्चिम ४ नम्बर ‘पल्लो नुवाकोट’ भनिने गरिएको थियो । समुद्री सतहदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको चौबिसे राज्यको महत्त्वपूर्ण र स्थापित राज्य पल्लो नुवाकोट हो ।

    शाह वंशका आदि पुरुष भूपालका दुई छोरा मध्येका कान्छा मिन्चा खान (खाँड) ले पल्लो नुवाकोटलाई नयाँ राज्य स्थापना गरेको संस्कृतिविद् प्रा. डा. दिलबहादुर क्षत्रीले मठ मन्दिरहरू एवम् गुठी व्यवस्था: संक्षिप्त अध्ययन पुस्तकमा उल्लेख गर्नुभएको छ ।

    मिन्चा खानले अस्तित्वमा ल्याएको नयाँकोट नै पछि आएर नुवाकोटले सम्बोधन गरिएको हो ।

    वि.सं १५१० मा अस्तित्वमा आएको नुवाकोट राज्य विसं १८४२ मा विशाल नेपालमा विलय हुनु पूर्वसम्म एक स्वतन्त्र र महत्त्वपूर्ण राज्यको रूपमा रहेको थियो । नेपालका शाहवंशीय राजाको पुर्ख्यौली थलो भनेर पनि नुवाकोटलाई मानिनेले प्रा. डा. क्षत्रीले पुस्तकमा लेख्नु भएको छ ।

    यहाँ परापूर्वकालका सांस्कृतिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वका प्रतिबिम्बहरू अहिले पनि देख्न सन्किन्छ भने नुवाकोटे राजाको पुरानो दरबार रहेको स्थानमा टुँडिखेल, रानीको चौतारी, रानी पोखरी तथा प्राकृतिक तातो हावा आउने गुफा यहाँ रहेका छन् ।

    यहाँबाट जिल्लाको आधाआधी भाग र छिमेकी जिल्ला कास्कीको फेवा रुपाताल लगायत पोखराका अधिकांश भाग अवलोकन गर्न सकिनुका साथै दूरबिनको सहायताले स्याङ्जासहित २३ जिल्लाका पहाडी भाग देख्न सकिन्छ ।

    स्वच्छ, सफा र मनोरम दृश्य अनि जिल्लाकै ऐतिहासिक पृष्ठभूमि नुवाकोटको मुख्य विशेषता हो भने सुन्दर हिमदृश्य तथा टाढा टाढासम्म अवलोकन गर्न पाइनु यहाँको आकर्षक पक्ष हो ।

    ‘पल्लो नुवाकोट’ राज्यको राजधानी नुवाकोट दरबार परिसरभित्र रहेको कालिकामाईको मन्दिर राजपरिवारले शक्तिपिठकारुपमा आराधना गरेको किंवदन्ती समेत रहेको छ । यहाँको कालिमाई र चण्डिथानमा आई भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जन विश्वास रहेको ७५ वर्षीय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले बताउनुहुन्छ । अध्यक्ष गुरुङ २०६६ सालदेखि नुवाकोटको सेवामा निरन्तर लागि रहनुभएको छ ।

    तत्कालीन राजा मिन्चा खानको पालामा आफैँ उत्पन्न भएको मूर्ति अहिले पनि सुरक्षित रहेको गुरुङको भनाइ थियो । साभार गोरखापत्र अनलाइन (अर्जुन काफ्ले)

    Post Views: 166
    प्रकाशित मिति: २०८० कार्तिक ११, शनिबार १४:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.