• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चमेराको रेडियोमोह

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ११, शनिबार ०९:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वराहक्षेत्र, कात्तिक ११ गते /  रेडियोमा पनि कर तिर्नु पथ्र्याे भन्दा अहिलेका युवालाई अचम्म लाग्न सक्छ तर चार दशकअघि तत्कालीन सरकारले रेडियोमा पनि कर लगाएको थियो । रेडियोमा कर र मूल्य पनि राम्रै पर्ने भएपछि सामान्य परिवारले रेडियो किन्न सक्दैनथे ।
    वराहक्षेत्र–४ बस्ने ५६ वर्षीय चमेरा मुसहरको रेडियोमोह अझै पनि छँदै छ । समय बित्यो, व्यवस्था फेरियो, सञ्चारका प्रविधि थपिँदै गए तर उहाँको मन भने फेरिएको छैन । जवानीदेखि रेडियो सुन्ने बानी लागेको उहाँमा जवानी ढल्किँदै जाँदा पनि रेडियोमोह त्यत्तिकै छ । काम गर्दा होस् वा आराम गर्दा, उहाँको साथमै रेडियो हुन्छ । अहिले पनि उहाँको दैनिकी बिहान उठेदेखि रेडियोबाटै सुरु हुन्छ । काममा जाँदासमेत रेडियो उहाँको साथैमा हुन्छ ।
    रेडियो सुन्ने इच्छा जागेपछि २०३४ सालमा आफूले पालेको हलगोरु पाँच सय रुपियाँमा बेचेर पानासोनिक कम्पनीको रेडियो किनेको चमेराले बताउनुभयो । “त्यस बेला अरूले जग्गा जोड्थे, मैले चाहिँ रेडियो किनेँ,” उहाँले भन्नुभयो ।
    तत्कालीन पञ्चायत सरकारले त्यस बेला रेडियोमा तीन रुपियाँ कर लगाएको थियो । रेडियो बोक्न पनि लाइसेन्स चाहिन्थ्यो । रेडियो किन्दै १५ रुपियाँ तिरेर लाइसेन्स बनाउने व्यवस्था थियो । जिल्लाभरिका रेडियोका लाइसेन्स बनाउन सुनसरी सदरमुकाम इनरुवा जानु पथ्र्यो ।
    चमेराका छिमेकी भविन सरदार भन्नुहुन्छ, “पहिलेका कुरा सुनाउँदा अचेलका युवा त्यस्तो पनि हुन्थ्यो र भन्दै चकित पर्छन् । अचेल प्रत्येकका घरमा रेडियो भए पनि गाउँमा रेडियो कसैले सुन्दैनन् तर चमेराको रेडियो सदाबहार बजिरहन्छ ।” चमेराले रेडियो किनेपछि गाउँभरिका सबै मानिस रेडियो सुन्न आउँथे ।
    “पहिले सबै जना भेला भएर रेडियोमा समाचार, नाटक, गीत सुन्थ्यौँ अहिले रेडियो सुन्ने गाउँमा कोही छैनन् । म एक्लै भए पनि रेडियो सुन्न छाडेको छैन,” चमेराले भन्नुभयो, “रेडियो देखेदेखि सुन्ने ठुलो इच्छा थियो । तत्कालीन समयमा रेडियो जहाँ पायो त्यही किन्न पनि पाइँदैनथ्यो ।
    रेडियोसँगै बजाउनका लागि लाइसेन्स चाहिन्थ्यो । ३४ सालदेखि ८० सालसम्म आइपुग्दा सात वटा रेडियो चलाइसकेको छु । रेडियो सुन्न बानी परेकालाई मात्र थाहा हुन्छ रेडियोको महत्व । टेलिभिजन हेर्दा पनि साथमा रेडियो भएन भने दिन कटाउनै सक्दिनँ । गाउँमा रेडियोको ब्याट्री नपाउँदा समस्या हुने गरेको छ ।” गाउँघरमा रेडियो सुन्नेको सङ्ख्या कम हुँदै जाँदा चमेराको रेडियो भने गाउँमा बजिरहन्छ ।
    जन बनी गर्न जाँदादेखि पाहुना जाँदासम्म उहाँले रेडियो साथमै लाने गरेको छिमेकी दुःखी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँमा रेडियो सुन्ने मान्छे छैनन् । सबै मोबाइलमै घोप्टिन्छन् । रेडियोमा खबरका साथसाथै ज्ञानमूलक, मनोरञ्जनात्मक कार्यक्रम रेडियोमा आउँथ्यो । राति पनि अबेरसम्म सुनेर सुतिन्थ्यो ।” एन्ड्रोइड मोबाइल आएदेखि अहिले त गाउँमा टीभी पनि हेर्न छोडे । साभार गोरखापत्रअनलाइन

    Post Views: 258
    प्रकाशित मिति: २०८० कार्तिक ११, शनिबार ०९:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.