• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वकप २०२३ : पाकिस्तानलाई हराएर दक्षिण अफ्रिका शीर्षमा

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ११, शनिबार ०५:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चेन्नाई — विश्वकप २०२३ को अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेट पराजित गरेको छ । दक्षिण अफ्रिकाले १६ बलको खेल बाँकी छँदा यो जित निकालेको हो ।

    दक्षिण अफ्रिकाका लागि केशव महाराजले चौकाको मद्दतले विजयी रन बटुले । उनले कूल ७ रन बनाए ।

    यो जितसँगै दक्षिण अफ्रिका अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १० अंक भएको छ । भारतको पनि समान १० अंक छ तर नेट रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ ।

    पराजयसँगै पाकिस्तान भने चार अंकमै सीमित रह्यो ।

    जितका लागि २ सय ७१ रन पछ्याएको दक्षिण अफ्रिकाले ४७.२ ओभरमा ९ विकेट गुमाएर विजयी रन बनायो । यो जितका नायक एडेन मारक्रम रहे । उनले ९३ बलमा ९१ रन बनाए । त्यसमा ७ चौका र ९ छक्का सामेल थियो ।

    बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिएका थिए । हरिष रउफ, मोहम्मद वासिम र उसामा मीरले समान २-२ विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । त्यसमा दुई अर्धशतकीय इनिङ्स समावेश रह्यो ।

    कप्तान बाबर आजमले ६५ बलमा ५० रन बनाए । यस्तै साउद साकिलले ५२ रनको योगदान दिए । सादब खानले पनि ३६ बलमा ४३ रन बनाए ।

    दक्षिण अफ्रिकी बलरमध्ये ताब्रिज साम्सीले ६० रन खर्चेर ४ विकेट लिए । माक्रो जनसेनले ३ विकेट लिएका थिए ।

    Post Views: 293
    प्रकाशित मिति: २०८० कार्तिक ११, शनिबार ०५:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.