• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भद्रगोल भयो स्वास्थ्य बीमा कार्यक्रम

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ९, बिहीबार १०:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक ९ गते / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ठाडो हस्तक्षेप र व्यवस्थापकीय कमजोरीले स्वास्थ्य बीमा गिजोलिएको छ । स्वास्थ्य बीमालाई असफल बनाउन स्वास्थ्य मन्त्रालय एकतिर लागिपरेको छ भने अर्कोतिर बोर्डको व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य बीमा भद्रगोल अवस्थामा रहेको स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष डा. सिनेन्द्र उप्रेतीको दावी छ ।
    स्वास्थ्य बीमालाई असफल बनाउन लागि ठुलो समूह नै लागि परेको बोर्डका कर्मचारीहरू नै बताउँछन् । यही ३० असोजमा स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा मन्त्रालय नै स्वास्थ्य बीमा कार्यक्रमलाई स्वायत्त बन्न नदिन लागि परेको उनीहरूको आरोप छ ।
    राजीनामा दिनेमा डा.सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईँ र इन्द्रकला राई रहेका छन् । बोर्ड आठ महिनादेखि अध्यक्षविहीन रहेको अवस्थामा भएका अकारण कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरिएको उनीहरूको आरोप छ ।
    स्वास्थ्य मन्त्री बस्नेतले तीन महिनाका लागि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई निलम्बन गरेका हुन् । सरकारले यही २४ असोजमा कार्यकारी निर्देशक डा. बसौलालाई निर्देशक पदमा राखिरहँदा प्रमाण नष्ट गर्न सक्ने र गैरजिम्मेवारपूर्ण काम कारबाहीले बोर्डलाई नोक्सानी गर्न सक्ने देखिएको हुँदा तीन महिनाका लागि कार्यकारी पदबाट निलम्बन गरिएको मन्त्रालयका उपसचिव कृष्ण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    यस्तै, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.सेनेन्द्रराज उप्रेतीले दुई वर्ष कार्यकाल बाँकी हुँदै ७ महिना अघि राजीनामा दिएका थिए । ७ महिनादेखि बोर्ड अध्यक्षविहीन छ । ५ सदस्यले पनि राजीनामा दिएपछि अब बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुई जना मात्र सदस्य छन् ।
    बीमा बोर्डको व्यवस्थापनमा क्षमताको ठुलो अभाव रहेको जिकिर गर्दै पूर्वअध्यक्ष उप्रेती भन्छन्, ‘कर्मचारीलाई निलम्बन गर्दा पाँच जना सदस्यले राजीनामा दिनु, मन्त्रालय र बोर्डबिच समन्वय छैन भन्ने सिधै प्रमाणित हुन्छ ।’
    मन्त्रालयले कार्यकारी निर्देशकलाई निरन्तर राखिरहँदा स्वास्थ्य बीमा बोर्डलाई अझ हानी हुने भनी निलम्बन गरेपछि प्रमाणसहित प्रमाणित गर्नुपर्ने डा.उप्रेतीको धारणा छ ।

    बोर्डमा मन्त्रालयको हस्तक्षेप

    सरकारले स्वास्थ्य बीमा ऐन, २०७४ मा बोर्डलाई स्वायत्त निकाय भनेर उल्लेख गरेपनि बोर्डमा स्वास्थ्य मन्त्रालयको हस्तक्षेप कायमै छ । डा. उप्रेतीका अनुसार उनी बोर्डमा हुँदा बोर्डले पटक पटक स्वास्थ्य बीमाको व्यवस्थापन सर्वेक्षणबारे जानकारी गराउँदा मन्त्रालयले चासो नै दिएन । मन्त्रालयको असहयोगले स्वास्थ्य बीमा कमजोर भएको उनको जिकिर छ ।
    बोर्डले करिब दुई वर्षअघि स्थायी ९२५ र करार ४२ गरी ९६७ कर्मचारी नियुक्तिको प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाएपनि दरबन्दी स्वीकृतिका लागि अगाडि बढाइएको छैन ।
    यस्तै, बोर्डले गत वैशाख १४ गते करार सेवाका लागि ५५ जना माग गरी लोक सेवा आयोगमार्फत लिखित परीक्षा गराए पनि पछि मन्त्री बस्नेतले नतिजा प्रकाशन नगर्न निर्देशन दिएको बोर्डका कर्मचारीहरू सुनाउँछन् । रकम भुक्तानीका सम्बन्धमा पनि मन्त्रालयको हस्तक्षेप रहेको उनीहरूको भनाइ छ ।
    यसअघि गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी १ साउनदेखि लागू हुने गरी अनिवार्य काज फिर्ता भई मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिइएको थियो । त्यसपछि स्वास्थ्य बीमाको कम ठप्प हुँदा उक्त निर्णय फिर्ता लिइएको थियो ।
    यस्तै, मन्त्रीपरिषद्ले ९ सदस्यीय बोर्डमा नियुक्त गर्ने व्यवस्था रहेकाले बोर्डमा राजनीति छिरेको उनको भनाइ छ, ‘व्यवस्थापनले आफ्नो हठ नछोड्ने, अर्कोतिर स्वास्थ्य मन्त्रालयले संगठन व्यवस्थापनमा हस्तक्षेप गरेको छ । संगठन सर्वेक्षण पनि बेवास्ता गरेको छ ।’
    यस्तै, स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई महाशाखाको रूपमा लिन खोज्दा समस्या देखिएका डा. उप्रेतीको जिकिर छ ।
    २०७२ बाट सुरु भएको स्वास्थ्य बीमा २०८० सालसम्म आइपुग्दा बीमा गराउने र नवीकरण गराउने दर न्यून छ । स्वास्थ्य बीमा गरेकामध्ये ७० प्रतिशत नागरिकले मात्रै नवीकरण गरेको पाइएको छ । यही असोज ४ गते सम्मको तथ्याङ्कमा ३० प्रतिशतले बीमा नवीकरण गरेका छैनन् । ४ असोजसम्म २२ लाख १६ हजार ६५९ अर्थात् ३३.२५ प्रतिशत परिवारका ७१ लाख ८१ हजार ३२५ जना अर्थात् २४.६२ प्रतिशत नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन् । यसरी आबद्ध भएकामध्ये ५० लाख २६ हजार ९२७ जना अर्थात् ७० प्रतिशतले मात्रै नवीकरण गरेको पाइएको छ ।
    विद्यमान अवस्थामा ३२ लाख ३१ हजार ५९६ जना अर्थात् ४५ प्रतिशतले सेवा उपभोग गरेका छन् ।

    स्वास्थ्य बीमा कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र निजी अस्पतालहरू गरी ४६६ वटाबाट सेवा दिइँदै छ । हाल आएर तीमध्ये २६ वटा सेवा प्रदायक स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको बीमा बोर्डले जनाएको छ ।
    छानबिन हुँदै
    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निलम्बन परेका बोर्डका कार्यकारी निर्देशक डा बसौलामाथि लागेका आरोपबारे छानबिन प्रक्रियामा रहेको छ । उनले भने, ‘छानबिनका क्रममा उहाँमाथि लागेको आरोप गलत ठहर भएमा उहाँ नै पुनर्बहाली हुनुहुन्छ । प्रमाणित भए कानुनी प्रक्रियाअनुसार अगाडि बढ्छ ।छानबिनको प्रक्रियामा भएकाले तत्कालका लागि स्वास्थ्य बीमा बोर्डको कार्यहरू निरन्तरता दिन मन्त्रालयले निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त गरेको डा. बुढाथोकीले बताए । स्वास्थ्य बीमा बार्डका अन्य पाँच सदस्यहरूले दिएको राजीनामाबारे मन्त्रालय बुझ्ने प्रक्रियामा रहेको उनको भनाइ छ । साभार सेतोपाटी

    Post Views: 280
    प्रकाशित मिति: २०८० कार्तिक ९, बिहीबार १०:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.