• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अमलेखगन्ज हात्तीसारकी गौरीकलीको मृत्यु

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ८, बुधबार ०६:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पर्सा, कार्तिक ८ गते / पर्सा राष्ट्रिय निकुञ्चको अमलेखगन्ज हात्तीसारमा रहेको एक मात्र हात्ती गौरीकलीको मृत्यु भएको छ । ६९ वर्षिया गौरीकलीको सोमबार दिउँसो मृत्यु भएको हो ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगतका अनुसार गौरीकली घटस्थापनाको दिन अशक्त भई लडेयता उठन सकेको थिएन ।

    वृद्धावस्था र अशक्तताको कारण उसको मृत्यु भएको भगतले बताए । नौ दिन देखि उठ्न नसकेको गौरीकलीले आहाराको रुपमा पानी र घाँस मात्र खाई रहेको थियो । मृत्यपछि निकुञ्जकै पशु चिकित्सकले सोमबार पोष्टमार्टम गरेपछि साँझ हात्तीसार परिसरमै धार्मिक विधिसहित गौरीकलीको खाल्डो खनेर सदगत गरिएको थियो ।

    भगतका अनुसार, निकुञ्जको रेकर्डले सन् १९५४ मा भारतमा जन्मिएकी गौरीकली सन् १९८४ मा अमलेखगन्ज हात्तीसारमा ल्याइएको हो । हात्तीसारका पूर्व नासु तथा हाल हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा कार्यरत मनपुरन चौधरीले भारतबाट ल्याइएको गौरीकली अमलेखगन्ज हात्तीसारकै सबैभन्दा बलियो हात्ती मध्ये एक रहेको बताए । हात्तिसारमा आएदेखि एकपटक भाले लागेपनि गौरीकलीले सन्तान नजन्माएको उनले बताए ।

    करीब १० महिना अघिदेखि गौरीकली अमलेखगन्ज हात्तीसारमा एक्लै बस्दै आएको थियो । हात्तीसार वरपर आउने गरेको जंगली हात्ती यमगजले हात्तीसारका हात्तीहरुलाई आक्रमण गर्ने र ढोईहरुलाई जर्बजस्ती संसर्ग गर्न थालेपछि निकुञ्ज प्रशासनले हात्तीसारका सबै हात्तीलाई त्यहाँबाट करिब ६० किमी पश्चिम प्रतापपुर पोष्टमा लगेर राखेको छ । गौरीकली भने अशक्त भएर हिंड्न नसकेपछि उसलाई अमलेखगन्ज हात्तीसार फिर्ता ल्याएर राखिएको थियो ।

    गौरीकलीको पनि मृत्यु भएपछि अब अमलेखगन्ज हात्तीसार हात्तीविहिन भएको छ । जंगली हात्ती यमगज अझै पनि सक्रिय रहेकाले अब हात्तीसारमा कुन र कति हात्ती ल्याएर राखिन्छ त्यसको निर्णय निकुञ्ज प्रशासनले गर्न बाँकी छ । हात्ती अभावमा हात्तीसार र त्यस वरपरको पर्यटन गतिविधि पनि सुस्त हुँदै गएको छ ।

    अमलेखगन्ज हात्तीसारमा १० हात्तीको दरबन्दी रहेको छ । तीनमा एक मत्ता र सबै ढोइ छन् । प्रत्येक हात्तीलाई ३ वटा कर्मचारीको दरबन्दी छ । त्यस अनुसार हात्तीसारमा अहिले ५ माहुते, ५ पछुवा र ५ फनैतको दरबन्दी छ । साभार ईकान्तिपुर

    Post Views: 208
    प्रकाशित मिति: २०८० कार्तिक ८, बुधबार ०६:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.