• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विदेशी पर्यटकले मनाए दसैं

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ७, मंगलवार २०:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन, कार्तिक ७ गते / चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैं मनाएका छन्।
    हिन्दुहरूको विशेष चाड बडादसैंमा नेपाली संस्कृतिका बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैं मनाएका हुन्।
    सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उनकी श्रीमती वर्षा पुरी (गिरी) ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिए।
    उनीहरूसँगै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दंग देखिन्थे।
    नेदरल्यान्ड्सदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविड राइट दसैं मनाउन पाउँदा निकै खुसी देखिन्थे।
    ‘मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ। तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैं मनाएको छु। धन्यवाद नेपाली,’ उनले भने।
    अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित थिए। उनले आगामी वर्ष पनि नेपाल आएर दसैं मनाउने बताउनुभयो।
    ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु,’ माइकाले भने।
    सौराहामा यति बेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दसैं मनाउने परम्परा बनाएका छन्।
    हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरूको मुख्य उद्देश्यल रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए।
    ‘हामीले विगतमा पनि यसरी पर्यटकलाई दसैंमा सँगै राखेर मनाएका थियौं,’ उनले भने, ‘हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुंगा सावित हुनेछ।’
    नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ।
    दसैंसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको संख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए।
    पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैंडा, हिमाल र पहाडले मात्र तान्दैन, दसैं-तिहार लगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन्। साभार सेतोपाटी

    Post Views: 185
    प्रकाशित मिति: २०८० कार्तिक ७, मंगलवार २०:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.