• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

डाइपर उद्योगमा जमेका शत्रुघन

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ७, मंगलवार १४:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल, कात्तिक ७ गते / नयाँ बानेश्वर, काठमाडौंका शत्रुघन ढकाल (एसपी) ले झण्डै ८ वर्ष विभिन्न कम्पनीका उत्पादनको थोक बिक्रेता (डिलर) व्यवसाय गरे । स्वदेशी तथा विदेशी कम्पनीका सामान बिक्री गर्ने क्रममा देशभर नेटवर्क बनाए । कुनै समय डिलर चलाउने चौधरी ग्रुपले उत्पादन गरेको वाईवाई चाउचाउ विदेश निर्यात भएको पनि देखे ।

    ढकालको मनमा पनि विदेश निर्यात गर्न सकिने वस्तु उत्पादन गर्ने सोंच पलायो । बजार अध्ययन गरेपछि नवजात शिशु र अपरेसन गरेका विरामीहरुले प्रयोग गर्ने बेबी डाइपर र वेट वाइप्स बनाउने उद्योग खोल्ने निधो गरे । ‘२० वर्षसम्म विदेशी सामान आयात गरी बिक्री गर्दा आफूलाई त फाइदा भयो, देशलाई त उल्टो व्यापार घाटा मात्रै भयो भन्ने महसुस भएपछि उद्योग खोल्ने निधो गरेको हुुँ’ ढकालले भने ।

    उद्योगका लागि चाहिने जग्गा खोजे । त्यही क्रममा नवलपरासी पश्चिमको रामग्राम आइपुगे । बेलहिया नाका र पूर्व–पश्चिम राजमार्ग नजिकै अनि देशको मध्य भागमा पर्ने रामग्राम नगरपालिका १५ शुक्रौलीमा साढे २ बिघा जग्गा पाएपछि उनले करिब एक अर्ब लगानीमा ब्रजेश्वरी इण्डष्ट्रिज सञ्चालनमा ल्याएका छन् ।

    ब्रजेश्वरी बेबी डाइपर र वेट वाइप्स उत्पादन गर्ने नेपालका चार उद्योगमध्ये सबैभन्दा ठूलो हो । उद्योगले १२५ जनालाई रोजगारी दिएको छ । थोक बिक्रेता भएर व्यवसाय गर्दा गुणस्तरीय वस्तुलाई बजारको समस्या हुँदैन भन्ने अनुभव बटुलेका ढकालले आफ्नो उद्योगबाट उत्पादन हुने डाइपरको गुणस्तरमा कुनै सम्झौता नगरेको बताउँछन् ।

    ‘नेपाली उत्पादन भन्नेवित्तिकै नाक खुम्चाउने र गुणस्तरमा विश्वास नगर्ने मानसिकता धेरै नेपालीमा अझै कायम छ, तर हाम्रा उत्पादनले छोटो समयमै विदेशी उपभोक्ताको मन जितेर निर्यात हुन थालेको छ,’ ढकालले भने, ‘प्रयोगशालामा गुणस्तर जाँचेर मात्रै उत्पादन प्रकृयामा जाने भएकाले विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न सफल भएका छौं ।’

    उनको उद्योगले नेपालका लागि न्यानो र टेन्डर टच ब्राण्डका डाइपर र वेट वाइप्स उत्पादन गर्दै आएको छ । भारतीय कम्पनी भेल्निक, एचएमएच, युरो इण्डिया तथा केएफ इन्टरनेसनलका लागि पनि उत्पादन गर्ने गरेको छ । एक वर्षमा १६ करोड रुपैयाँको डाइपर र वाइप्स भारत निर्यात भएको ढकालले सुनाए । उनका अनुसार अबको दुई वर्षभित्र वार्षिक एक अर्ब रुपैयाँको डाइपर निर्यात गर्ने उद्योगको लक्ष्य छ ।

    अमेरिका, अफ्रिका तथा युरोपमा निर्यात गर्न आईएसओ सर्टिफिकेट लिइसकेको उनले सुनाए । ब्रजेश्वरी इण्डष्ट्रिजसँग दैनिक ६ लाख पिस डाइपर उत्पादन क्षमता छ, हाल दैनिक ४ लाख पिस उत्पादन भइरहेको छ । ‘उत्पादनदेखि प्याकेजिङसम्म विदेशीसँग प्रतिस्पर्धा गर्ने हैसियतको बनाएका छौं,’ ब्रजेश्वरी इण्डष्ट्रिजका सञ्चालक ढकालले भने, ‘सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग गरी आयात प्रतिस्थापन गर्नुपर्छ ।’

    तर सरकारले कच्चा पदार्थ आयातमा एक प्रतिशत रहेको भन्सार दर ५ प्रतिशत पुर्याउँदा उद्योग मारमा परेको सञ्चालक ढकालको गुनासो छ ।

    स्वदेशी उद्योगलाई संरक्षण गरी आयात प्रतिस्थापन गर्नुको साटो सरकारले कसैको स्वार्थमा भन्सार दर बढाएको र विदेशी डाइपर आयातमा भन्सार दर घटाएको भन्दै उनले सरकारको गलत नीतिले लगानी थप हुन नसकेको बताए । विदेशबाट हुने आयात रोक्न सरकारले स्वदेशी उद्योगीलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति र योजना ल्याउनुपर्ने उनको माग छ । साभार अनलाइनखबर

    Post Views: 227
    प्रकाशित मिति: २०८० कार्तिक ७, मंगलवार १४:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.