• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कृषि औजारको प्रयोग बढ्दो, ट्याक्टर प्रयोग गर्नेको संख्या एक दशकमै दोब्बर

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ७, मंगलवार १४:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपालमा पछिल्लो समय कृषिमा यान्त्रिकरण बढ्दै गएको छ । कम जनशक्तिबाट धेरै र सहज तरिकाले कृषि कार्य गर्न सकिने भएकाले कृषियन्त्रको प्रयोग बढेको हो । ट्याक्टर, थ्रेसर, फलामे हलो, पावर ट्रिलर, स्यालो ट्युबवेल लगायत कृषि औजार तथा साधनको प्रयोग बढेको छ ।

    एक दशक पहिला २२ प्रतिशत कृषक परिवारले प्रयोग गर्दै आएको ट्याक्टर पछिल्लो समय झण्डै दोब्बर पुगेको राष्ट्रिय कृषि गणना २०७८ मा उल्लेख छ । कृषि गणना अनुसार ४० प्रतिशत कृषकले ट्याक्टर प्रयोग गर्छन् ।

    कृषि कार्यमा ट्याक्टर प्रयोग गर्ने कृषक परिवार संख्या १६ लाख ३९ हजार पुगेको छ । एक दशक अघि यो संख्या आठ लाख ४५ हजार थियो । १० वर्ष पहिला ३७ हजार संख्यामा रहेको ट्याक्टर पछिल्लो समय ५८ हजार पुगेको सरकारी तथ्याङ्क छ ।

    एक दशक अघि २ प्रतिशत अर्थात् ७६ हजार कृषकले पावर ट्रिलर (मिनी ट्रिलर) प्रयोग गर्थे । पछिल्लो समय ११ प्रतिशत अर्थात् ४ लाख ७१ हजार परिवारले यसको प्रयोग गर्न थालेका छन् । देशभर १ लाख १८ हजार पावर ट्रिलर छन् ।

    देशभर ११ लाख ७५ हजार कृषक परिवारले एक लाख १५ हजार थ्रेसर (बाली झाँट्ने औजार) प्रयोग गरेको सो तथ्याङ्कमा उल्लेख छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार आठ लाख तीन हजार कृषकले थ्रेसर प्रयोग गरेका थिए, जतिबेला ५२ हजार वटा थ्रेसर प्रयोगमा थियो ।

    हालैको कृषि गणना अनुसार ६ लाख ९१ हजार कृषक परिवारले पम्पिङ सेट/मोटर प्रयोग गरेका छन् । यस्तै ११ लाख ५१ हजार कृषकले स्प्रेयर प्रयोग गरेको उल्लेख छ । कृषकसँग करिब चार लाख पम्पिङ सेट र सात लाख ७० हजार स्प्रेयर छ । यस अघिको कृषि गणनामा पाँच लाख ४८ हजार कृषक परिवारले पम्पिङ सेट र पाँच लाख ७४ हजारले स्प्रेयर प्रयोग गरेका थिए । सो समयमा कृषकसँग साढे एक लाख पम्पिङ सेट र दुई लाख ८२ हजार स्प्रेयर थियो ।

    देशभरका ३० हजार कृषक परिवारले तीन हजार चार सय वटा दुध दुहुने मेसिन प्रयोग गरेको उल्लेख छ । नेपालभर ७ लाख ३ हजार कृषकले पाँच लाख १० हजार आधुनिक फलामे हलो प्रयोग गरेको पछिल्लो कृषि कृषि गणनामा उल्लेख छ । यसअघिको कृषि गणना अनुसार १० लाख ७३ हजार कृषकले आधुनिक फलामे हलो प्रयोग गरेका थिए ।

    सातौँ कृषि गणना अनुसार नेपालमा ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको पाइएको छ ।

    स्रोतः राष्ट्रिय कृषि गणना २०७८

    Post Views: 220
    प्रकाशित मिति: २०८० कार्तिक ७, मंगलवार १४:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.