• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जुत्ता सिउने टीकारामको दसैँ ‘हाम्रा लागि के दसैँ दशा हो हजुर !’

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ७, मंगलवार १४:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेत । वीरेन्द्रनगर बजारलाई दसैँको चहलपहलले छोपिसकेको छ । ६३ वर्षीया टीकाराम सार्कीका लागि दसैँ नआएको होइन, सधैँ दसैँ मान्दै आएका उनलाई गरिबीका कारण दसैँ दशाजस्तो लाग्ने रहेछ ।

    बिहीबार (कात्तिक २) बिहान १० बज्नै लाग्दा टीकाराम वीरेन्द्रनगरको मंगलगढी चोकको पूर्वी उत्तर कुनामा जुत्ता सिलाउँदै थिए । खुला आकाशमुनि छाता गाडेर उनले जुत्ता सिलाउने गर्छन् । जुत्ता सिलाउने उनको पुख्र्यौली पेसा हो । यही चोकको दायाँबायाँ बसेर उनले जुत्ता सिलाउन थालेको तीन दशक पुग्न थाल्यो । यस चोकदेखि एक किलोमिटर पश्चिमको एरिचोकमा उनको डेरा छ । जहाँ उनी चार छोराछोरी र श्रीमतीसँग बस्छन् । वीरेन्द्रनगर नगरपालिका–२ जयपुरमा उनको घर र आफन्तहरु छन् । खासै कमाइ नभएकाले उनी यसपालि दसैँ मनाउन गाउँघरतिर नजाने सुरमा रहेछन् । किन नजाने दाइ ! दसैँ छैन र योपटक ? ‘अँ दसैँ हजुर, दसैँ भएर के गर्नु ! छाक टार्न धौ–धौ भएको बेला घर गएर खर्च मात्रै बढ्छ । गरिबका लागि केको दसैँ !’ उनले उदास भावमा भने, ‘छाक टार्नै धौ–धौ हुने हामी सर्वहारालाई के दसैँ, दशा पो हो ।’

    पोहोर साल यति बेला कामले उनको हात खाली हुँदैनथ्यो । यसपालि ग्राहक नभएको उनको गुनासो छ । तीन हजार डेरा भाडा र परिवारको पालनपोषण गर्न उनले मासिक २०–२२ हजार रूपैयाँ कमाउनैपर्छ । एक जोर जुत्ता सिलाउँदा जुत्ताको अवस्था हेरी २० देखि ५० रूपैयाँसम्म कमाउँछन् । दिनमा उनले दुई सयदेखि पाँच सयसम्म कमाउँछन् । सधैँ एकनासको कमाइ नहुँदा साहुसँग उधारो ल्याएर खानुपर्छ । जीवनका ६३औँ वसन्त ढल्दै गर्दा पनि उनले आफ्नो पेसाबाट बचत गर्न वा केही जोड्न–किन्न सकेका छैनन् ।

    ‘धनीहरूका लागि पो दसैँ,’ उही कुरा पुनः दोहो¥याउँछन्, ‘हाम्रा लागि त दशा जस्तै हो । सामाजिक रूपमा दसैँले गरिबलाई झन् समस्यामा पार्छ । वरपरका धनीहरू खुसीसाथ रमाउँछन् । हामी केले रमाउनु !’

    टीकारामले नयाँ लुगा नकिनेको वर्षौं भइसकेछ । गत वर्ष मंगलगढी चोकमै खटिएका एक प्रहरीले उनलाई आफ्नो पुरानो बर्दी दिएका थिए । अहिले पनि उनले त्यही लगाएका छन् । ‘नयाँ लुगा लगाउन, मिठो खान हामीसँग पैसा कहाँ छ र ?’ उनले भने / साभार रातोपाटी

    Post Views: 217
    प्रकाशित मिति: २०८० कार्तिक ७, मंगलवार १४:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.