• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

३ महिनादेखि लाइसेन्स छपाइ बन्द, छाप्न बाँकी मात्रै १२ लाख नाघ्यो

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ७, मंगलवार ०९:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,कार्तिक ७/सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ ।

    एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्स सहितको कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि लाइसेन्स छपाइ ठप्प छ । दैनिक रूपमा लाइसेन्स कार्यालयहरूले परीक्षा लिएर सवारी चालक अनुमतिपत्रको छपाइका लागि प्रक्रिया पूरा गरिरहँदा सरकार भने सीमित संख्याको कार्डको उपलब्धताका कारण वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूलाई मात्रै कार्ड छापेर दिइरहेको छ । अन्य नियमित प्रक्रियाबाट लाइसेन्स पाउने आशा गरिरहेका थुप्रै सवारी चालकहरू लाइसेन्सविहीन छन् ।

    विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु जर्मनीको म्युहलबाअर कम्पनीले १२ लाख कार्ड आपूर्ति गर्ने गरी ३ महिनाअघि नै सम्झौता भएको बताउँछन् । ‘तर, लाइसेन्स प्रणाली चलाइरहेको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले जर्मन कम्पनीको कार्ड यो प्रणालीमा छपाइका लागि फिट हुने गरी पर्सनलाइजेसन गर्न समय लगायो’ उनी भन्छन्, ‘यसले गर्दा कार्डको आपूर्ति ढिला भएर छपाइ प्रभावित हुन पुग्यो ।’ सबै प्रक्रिया सकेर करिब २५ दिनअघि जर्मन कम्पनीलाई कार्ड आपूर्ति गर्न ८५ दिनको समय दिइएको उनले बताए ।

    हाल देशभर दैनिक ३ देखि ५ हजारले लाइसेन्स परीक्षा पास तथा नवीकरणका लागि प्रक्रिया पूरा गर्छन् । तर, सरकार भने भएको एउटा छपाइ मेसिन पनि बन्द गरेर बसेको छ । विभागले लाइसेन्स छपाइमा ढिलाइ भएपछि सवारी चालकहरूलाई एक वर्षका लागि क्युआर कोड सहितको अस्थायी लाइसेन्स दिने गरेको छ । तर, यस्तो एक वर्षको अवधि सकिंदासम्म पनि सरकारले लाइसेन्स छापेर दिन सकेको छैन । सरकारले लाइसेन्स छपाइमा चरम ढिलाइ गर्दा लाखौं सवारी चालकहरू मर्कामा पर्दै आएका छन् ।

    ‘हामीले सम्झौता भएको कम्पनीलाई एकैपटकमा कम्तीमा २ लाख कार्ड मागेका छौं’ प्रवक्ता पनेरु भन्छन्, ‘कार्ड आएर नियमित छपाइ सुरु हुन अब कम्तीमा एक महिना त लाग्छ ।’ छाप्न बाँकी कार्डको संख्या नै आपूर्ति हुन लागेको कार्डभन्दा बढी भएपछि विभाग अर्को चरणमा कार्ड आपूर्तिको ठेक्का गर्ने तयारीमा छ । साभार अनलाइनखबरबाट

    Post Views: 220
    प्रकाशित मिति: २०८० कार्तिक ७, मंगलवार ०९:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.