बर्दिया,कात्तिक ६(माउण्टेन समाचार) / अबैध सामानसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका–७ भन्सार रोडस्थितबाट अबैध सामानसहित ७ जनालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याउँदै गरेको अवस्थामा प्रहरीले अबैध सामानसहित ७ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा ५ जना भारतीय र २ जना नेपाली रहेको जनाईएको छ ।

पक्राउ पर्नेहरुको नाम प्रहरीले खुलाएको छैन । प्रहरीका अनुसार मुल्य रु १ लाख ७४ हजार बराबरको फलफूल, तरकारी र बोकेर ल्याउन प्रयोग गरेका ४ थान मोटरसाइकल, ४ थान साइकल बरामद भएको छ । सामानसहित मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




