• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चाडपर्व, अपराध र सावधानी

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ६, सोमबार २०:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    शुक्रऋषि चौलागाई

    कात्तिक ६ /बडा दशैं मुखमै छ । दशैं हिन्दु धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहार जस्ता चाड विशेष रुपमा र लामो अवधिसम्म पनि मनाइने गरिन्छ । यस्ता चाडपर्वका बेला धेरै जसो विदामा रहने गर्दछन् । विदेश गएका र रोजगार, व्यापार, अध्ययन आदिको क्रममा बाहिरिएकाहरू पनि यतीबेला आफ्नो गाउँघर फर्कंदै छन् । अधिकांश व्यक्तिहरु आफ्नो मूल परिवार, पुख्र्यौली थातथलोमै गएर चाडपर्व मनाउने गर्दछन् ।

     

    वर्ष दिनमा आउने महत्वपूणर् चाडपर्वमा धेरै जसो शहरमा बस्नेहरु गाउँ जाने गर्दछन् । चाड पर्वका बेला धेरै मान्छे आफन्त भेटघाट, रमाइलोमा मस्त र व्यस्त पनि हुन्छन् । त्यती बेला मान्छेको मनस्थिति पनि पर्वमय अर्थात उल्लासमय हुन्छ । सानादेखि ठुला, गरिबदेखि धनीसम्म सबै खुसी र आनन्दमा जुटछन् । आफ्नो व्यवसायिक, पेशागत काम र जिम्मेवारी बोेझबाट धेरैले खुकुलो भएको महसुस गरिरहेका पनि हुन्छन् । अन्य कुरामा खासै चाँसो र ध्यान दिइदैन । यही चाडपर्वको सहज समयलाई अपराधीहरु भने उपयुक्त समयका रुपमा भरपुर प्रयोग गर्न उद्यत हुन्छन् ।  कोही नभएकोमा यही मौकामा अपराधीले चोरी, लुटपाट जस्ता अपराध गर्ने गर्दछन् । चाडपर्वमा हुन सक्ने सम्भावित अपराध, प्रहरीको भूमिका र नागरिक कर्तव्यबारे यहाँ केलाउने प्रयास गरिएको छ ।

    चाडपर्वमा बढदो अपराध

    चाडपर्वका बेला अनेकन खालका अपराधहरु हुन्छन् ।  विशेषतः दसैँ तिहार जस्ता चाडपर्वको मौका छोपी अपराधीहरुले विभिन्न अपराधका गतिविधिहरु बढाउने गर्दछन् । यस अवधीमा चोरी, लुटपाट, चन्दा असुली, तस्करी, कालोबजारी र सवारी दुर्घटना लगायतका घटना र अपराध बढी हुने गर्दछन् । प्रहरीका अनुसार, अघिपछिको समय भन्दा चाडपर्वको समयमा आपराधिक घटनाहरु अत्यधिक भएको पाइन्छ । अन्य समय भन्दाबढी चाडपर्वका बेला किनमेल बढी हुने भएकाले आर्थिक कारोबार पनि सोही अनुसार भइरहेको हुन्छ । बैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा बढी भिडभाड बढने भएकाले ती क्षेत्रमा चोरी, लुटपाट हुने सम्भावना अधिक हुन्छ । पुजापाठ बढी हुने भएकाले मठमन्दिर, धार्मीक स्थलमा पनि दर्शनार्थीको भिडसँगै चोरीका घट्ना पनि बढने सम्भावना रहन्छ ।

    ओहोर दोहोर बढी हुने भएकाले यातायात सेवा सहज नहुन सक्छ । सवारी साधान भरी भराउ हुने भएकाले यात्रु ठगिन सक्ने, लुटिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । राजमार्गमा लुटपाटका घटना पनि बढ्न सक्छन् । क्षमता भन्दा बढी यात्रु राख्ने सम्भावना भएकाले सवारी दुर्घटना पनि बढने हुन्छ । आजभोली सामाजिक सञ्जालको पनि अनावश्यक प्रयोग भइरहेको हुन्छ । आफू कुन दिन कहाँ जाँदै छु भन्ने कुरा सामाजिक सञ्जालमा असावधानीवश व्यक्त गर्दा चोर्ने मौका कुरेर बसेका व्यक्तिलाई थाहा हुन्छ र उनीहरू मौका छोपेर सोही समयमा घरमा चोरी गर्न सक्छन् । सामाजिक सञ्जाललाई पनि सही रूपमा सदुपयोग गर्न जानियो भने भने पनि केही हदसम्म हाम्रो धनजनको सुरक्षा हुन सक्छ ।

    प्रहरीको थप जिम्मेवारी

    शान्ति, सुरक्षाको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । आमजनताको जिउधनको सुरक्षा गर्नु र शान्ति सुरक्षाको वातावरण बनाउनु प्रहरीको प्रमुख काम हो । चाडपर्वका बेला सुरक्षा संवेदनशीलता बढ्ने हुँदा प्रहरी प्रशासन अरु बेला भन्दा थप चनाखो र अग्रसर हुनुपर्छ । सम्भावित अपराधलाई मध्यनजर गरेर प्रहरी, प्रशासन बेलैमा सचेत र जिम्मेवार बन्न जरुरी छ । प्रहरी प्रशासनले चाडपर्व लक्षित छुट्टै र विशेष रणनीति योजना पनि बनाउने गर्दछ । हालै भएको दंगा (घटना)ले नेपालगञ्ज तङ्रगीदैछ । बाँकेमा प्रशासन र प्रहरी प्रमुख नयाँ आउनु भएको छ । उहाँहरुको पछिल्लो सक्रियताले बिगतको जस्तो घटना पुनरावृति नहोस् भन्ने तर्फ सचेतता अपनाएको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्व केन्द्रित सुरक्षा रणनिति सार्वजनिक गरेको छ ।

    सम्भावित हिंसाको त्रासमा रहेको नगरको संवेदनशीलतालाई मध्यनजर गर्दै ड्रोन कयामरामार्फत सुरक्षा सतर्कता अपनाइएको हो । प्रहरीको भौतिक उपस्तिथिती हुन नसक्ने स्थानको समेत सुरक्षा अवस्था निगरानी गर्न प्रहरीले ड्रोन क्यामरा परिचालन गरेको हो। नेपाल प्रहरीका एक हजार १३ र सशस्त्र तर्फ ४ सय पन्ध्र प्रहरी परिचालन गरिएको बाँके प्रहरीले जनाएको छ । यस्तै सोअवधीमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पनि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ ।

    स्थानीय प्रवृत्ती अनुसार रणनीती बनाइनु स्वभाविक पनि हो तर कतिपय अवस्थामा प्रहरीले आफु र आफनो योजनालाई बढता चर्चामा ल्याउने काम पनि गर्दछ । अर्थात् प्रभावकारिताभन्दा पहिले नै सस्तो लोकप्रियता खोजिरहेको हुन्छ । अपराध नियन्त्रण योजना प्रचार गर्नु अपराधीहरुलाई दवावमा राख्ने हेतुले ठिक पनि हुन सक्ला  । तर नाङ्लो ठटाएर हात्ती तर्साउने रणनीति प्रहरीले अपनाउन खोज्दा अपराधीहरु थप सचेत भएर अर्कै रणनीति पनि अवलम्वन गर्न सक्छन् । बढ्ता हल्ला गर्ने तर कार्यान्वयन नगर्ने हो भने जनताको विश्वास पनि गुम्ने हुन्छ । बिगतको समिक्षा समिक्षासहित प्रहरीले नयाँ रणनीति लागु गर्नु पर्छ । आपराधिक घटना हुनै नदिन प्रहरी सचेत र तयार रहनु पर्दछ ।

    अपराध हुन सक्ने सम्भावित स्थानको पहिचान गरि गस्ती, सुराकी बढाउने, सम्भावित संलग्नहरुको अनुमान गरि विशेष निगरानी गर्ने पनि गर्नु पर्दछ । आपराधिक गतिविधि हुन नदिन पुर्व तयारी के कस्तो गर्ने, रोकथामका विधि के कस्तो, कसरी अपनाउने आदि प्रहरीले बेलैमा अवलम्बन गर्नु पर्दछ ।

    चाडपर्वको मौसममा यात्रुहरुको आहोर दोहोर बढी हुने भएकाले यात्रुहरु लुटिन सक्ने, ठगिन सक्ने र दुर्घटनामा पर्न सक्ने सम्भावना प्रवल हुन्छ । भिडभाडमा पकेटमारहरु सक्रिय हुन्छन् । लुटपाट बढोत्तरी हुन्छ । यस्तै यातायातका साधानमा पनि क्षमता भन्दाबढी यात्रु राख्ने गरिन्छ जसका कारण लुटपाटसँगै सवारी दुर्घटना बढ्ने सम्भावना हुन्छ । यसतर्फ प्रहरी, ट्राफिक प्रहरीले विशेष कडाई र निगरानी बढाइनु पर्छ । वैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा भिडभाड बढ्ने भएकाले ती क्षेत्रलाई प्राथमिकताका साथ सुरक्षा दिनुपर्ने हुन्छ । मठ मन्दिर लगायतका धार्मिक स्थलमा पनि सुरक्षा सतर्कता अपनाइनुपर्ने हुन्छ । हतियार देखाएर लुटपाट गर्ने, पेय तथा नशालु पदार्थ खुवाएर बेहोेस बनाएर लुटने भएकाले यसबाट जोगिन र आपराधिक गतिविधिको पहिचानका लागि चेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ ।

    पछिल्लो समयमा शान्ति सुरक्षाका लागि आम नागरिकसँग प्रहरीले विभिन्न माध्यमबाट हातेमालो गरिरहेको छ । तथापी त्यसको प्रभावकारिता के कस्तो रह्यो ? त्यो भने त्यति सार्वजनिक गरिएको पाइदैन । यस्तै चाडपर्वको अवधीमा पुजापाठ, मुर्ति स्थापना, मन्दिर रंगरोगन आदिका नाममा जवरजस्ती पैंसा उठाउने, चन्दा असुल्ने प्रवृति पनि बढ्दो छ । यसलाई नियन्त्रण र निरुत्साहित गरिनुपर्छ । साथै प्रहरीले राजमार्ग सुरक्षा गस्ती बढाउने, मापसे चेक अभियान तिव्र पार्ने, ट्राफिक नियमको पालन गर्न लगाउने लगायतका  विशेष अभियान पनि सञ्चालन गर्नु पर्छ । आम जनतालाई के कसरी सुरक्षित राख्न सकिन्छ ? के कस्ता अपराधका प्रवृति देखा परेका छन्? सो का बारे पनि प्रहरीले आम जनतालाई जानकारी गराउने र सचेत पार्नु पर्दछ ।

    नागरिकको कर्तव्य

    कुनै स्वतन्त्र राज्य भित्रको भौगोलिक क्षेत्र भित्र बसोबास गर्ने र सम्बन्धित मुलुकको सार्वभौमिक अधिकार प्राप्त व्यक्ति नै त्यो राज्यको नागरिक हुन्छ ।

    नागरिक पनि बिना बर्दीको प्रहरी हो ।  यो भनाई पक्कै पनि त्यसै भनिएको हैन । नागरिक स्वयं सचेत र जागरुक भइदिने हो भने अपराधका आधा घटना त्यसै कम हुने प्रहरीको अनुभव छ । कुनै आपराधिक गतिविधिको सूचना सर्व प्रथम प्रत्यक्षदर्शीका रुपमा होस् या स्थानीयका रुपमा उसले नै पाउने हो, तसर्थ त्यस्ता अवाञ्छित र शंकाष्पद गतिविधिको बेलैमा प्रहरीलाई खवर गर्न सके धेरै घटनाबाट जोगीन र जोगाउन सकिन्छ । तर हाम्रो समाजमा आफुलाई नपर्दा सम्म कोही अघि सर्दैनन् ।

    अपराधका घटनालाई पनि सामान्य ठानीदिन्छन्  र आँखा चिम्लीदिने गर्छन् । यसले गर्दा अपराधमा संलग्नहरुको मनोवल बढ्ने र घटना पुनरावृति हुने सम्भावना हुन्छ । कतिपय अवस्थामा हाम्रै, आफ्नै कारणले पनि अपराधलाई बढवा मिलीरहेको हुन्छ । आफनो जीउधनको सुरक्षामा लाफरवाही गरिरहेका हुन्छौं, त्यसको फाइदा ती अपराधीले लिइरहेका हुन्छन् ।

    घर बाहिर, कहीं टाढा जानु छ भने बहुमुल्य वस्तु सुरक्षित राखिनु पर्छ । झ्याल ढोका बन्द गरिनु पर्छ । छिमेकीलाई रेखदेखका लागि सुचित पनि गर्नु पर्छ । आपराधिक क्रियाक्लापको शंका लागेमा तुरुन्त प्रहरीलाई खवर गर्ने प्रवृति बसाल्नु पर्छ । आफनो चोरी भएको हैन, भनेर चुप लाग्ने गर्नाले चोरलाई थप हौसला मिल्ने हुन्छ । घटना पुनरावृति हुन्छ । चाडपर्वको समयमा आमसर्वसाधारण स्वयं जिउधनको सरक्षार्थ सचेत हुन जरुरी छ । यात्रामा निस्किदा महंगा गरगहना नलगाउने, ठुलो धनराशी नबोक्ने, आर्थिक कारोवार वैंकमार्फत गर्ने बानी बसाल्नु पर्दछ । चाड पर्वको समय त्यसै पनि संवेदनशील अवस्था हो ।

    यस्तो बेला धार्मिक, सामाजिक सदभाव र धार्मीक सहिष्णुता कायम राख्न पनि नागरिकको अंह भूमिका हुनुपर्दछ । संविधानले नै नागरिकको कर्तव्य बारे प्रष्टयाएको पनि छ । आफनो राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानूनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकको प्रमुख कर्तव्य पनि हो । तसर्थ आउनुस् -आजैबाट आफनो कर्तव्य पालना गरौं ।

    Post Views: 231
    प्रकाशित मिति: २०८० कार्तिक ६, सोमबार २०:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.