• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

रानीमहल घुम्न गएका लोहनी परिवारको क्षतिले कुमारवस्ती शोकमा

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ६, सोमबार १०:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा,कात्तिक ६/ जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा ताजमहलकै शैलीमा बनाइएको ‘प्रेमको प्रतीक’ मानिने पाल्पाको रानीमहल घुम्ने योजना देवचुली नगरपालिका–१६ रजहर कुमार बस्तीका लोहनी परिवारले पहिल्यैदेखि बनाएको थियो । यसपटकको दशैंमा फूलपाती भित्राएपछि रानीमहल घुमेर नवमीसम्म फर्किने योजनामा गएको लोहनी परिवार नै दुर्घटनामा परेर हृदयविदारक क्षति पुगेको छ ।

     

    अवोध छोरासहित बाबुआमा, श्रीमती, सासुआमासम्म एकै दुर्घटनामा गुमाएका ईश्वरबहादुर लोहनी होसमा त आए तर अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको पाल्पा तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुगेका देवचुली नगरपालिकाका अध्यक्ष हरिप्रसाद न्यौपानेले जानकारी दिए ।

    लमजुङ बेसीसहर नगरपालिकाको ग्रामीण क्षेत्रबाट रजहर बसाइँ सरेको लोहनी परिवारका ६५ वर्षीय कृष्णबहादुर लामो समय वैदेशिक रोजगारीबाट फर्केर गाउँमै कुटनी–पिसनीको मिल चलाउँथे । केही समयअघि मात्र फर्केका कृष्णबहादुर, श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका नाति र सम्धिनी ५५ वर्षीया चुना धिताल रानीमहल घुम्न निस्केका थिए । घुम्ने टोलीको नेतृत्व गर्दै आफ्नै जीप चलाएर घुमाएर फर्काउने जिम्मा ईश्वरबहादुरको थियो ।

    फूलपाती भित्राएर घुम्न निस्केको लोहनी परिवार चढेको जीप अष्टमीका दिन दुर्घटनामा परेर ईश्वरबहादुरबाहेक सबैको मृत्यु भएको हो । ईश्वरबहादुर गाउँकै देवचुली माविमा पढाउँथे । बाबुआमा, सासुआमा, श्रीमती र अवोध दुई छोरा गुमाएका ईश्वरबहादुरको परिवारमा परेको हृदयविदारक ब्रजपातले रजहर कुमारवस्ती नै शोकमा डुबेको वडा नम्बर १६ का अध्यक्ष केशवप्रसाद गौतमले बताए ।

    लमजुङ बेसीसहरबाट रजहर झरेदेखि नै उनीहरु सामाजिक काममा पनि सक्रिय भएकाले धेरै जनासँग नजिक रहेको र दशैंको मुखमा दुर्घटनामा परिवारका अधिकांश सदस्यको ज्यान गएपछि विक्षिप्त बनाएको भन्दै वडाध्यक्ष आफैं भक्कानिए । ‘यो लोहनी परिवारसँग हाम्रो घर पनि नजिक र सम्बन्ध पनि नजिक थियो । उनीहरु टोलकै विकासको अगुवाइ गर्थे । धुमधामले फूलपाती भित्राएपछि रानीमहल घुम्न भन्दै उनीहरु निस्केका थिए,’ वडाध्यक्ष गौतमले सुनाए, ‘मन्दिरमा डोली भित्राएर दशैं मान्न आउने गरी आफ्नै जीप लिएर गएको परिवारमा परेको व्रजपातले सिंगो रजहर नै शोकमा छ ।’

     

    ‘ईश्वरको हातखुट्टामा गम्भीर चोट लागेको अवस्था छ तर होसमा आएको छ । ईश्वरलाई हेलिमा थप उपचारका लागि काठमाडौं पठाउने तयारी हुँदैछ,’ घटनास्थलमै पुगेका देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेले भने, ‘हृदय नै हल्लाउने गरी घटेको घटनाले सबैतिर सन्नाटा छाएको छ ।’

    रजहरमा कुमारवर्ती र कालिका मन्दिर छन् । ती मन्दिरबाट फूलपातीमा डोली निकालेर टोलटोल पुर्याउने र मन्दिरमा ल्याएर भित्राउने गरिन्छ । ईश्वरबहादुरकै नेतृत्वमा टोल–टोलमा पुर्याइएको डोलीमा घर–घरबाट फूल चढाएपछि मन्दिरमा ल्याएर डोली भित्राइएको वडाध्यक्ष गौतमले बताए ।

    लमजुङ बेसीसहरबाट रजहर झरेदेखि नै उनीहरु सामाजिक काममा पनि सक्रिय भएकाले धेरै जनासँग नजिक रहेको र दशैंको मुखमा दुर्घटनामा परिवारका अधिकांश सदस्यको ज्यान गएपछि विक्षिप्त बनाएको भन्दै वडाध्यक्ष गौतम आफैं भक्कानिए । ईश्वरबहादुरले लमजुङबाटै धिताल परिवारबाट विवाह गरेका थिए र घुम्नका लागि सासुआमा चुना धिताललाई पनि सँगै बोलाएका थिए ।

    ‘फूलपाती भित्राउँदा सँगै दशैं भित्राएका छिमेकी र टोलका मानिसहरु आफैं छाँगाबाट खसेझैं भएका छन् । फूलपाती मन्दिरमा त भित्रायौं तर लोहनी परिवारका धेरैलाई एउटै दुर्घटनाले चुँडेर लग्यो,’ वडाध्यक्ष गौतमले गला अवरुद्ध पार्दै भने । परिवारका एक छोरा भुवन अमेरिकाबाट घटना सुनेलगत्तै नेपाल आउँदै छन् ।

    प्रहरीका अनुसार रानीमहल घुमेर फर्किने क्रममा बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जीप बैकुण्ठे छाँगोमा दुर्घटनामा परेको हो । अक्करे बैकुण्ठ भीरबाट बराङ्दी खोलामा गाडी खसेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । ‘दुर्घटना स्थल रानीमहलभन्दा एक किलोमिटर दूरीमा छ । रानीमहल–तानसेन सडक खण्डको बैकुण्ठे भीरबाट जिप बराङ्दी खोलामा खसेको हो,’ सिडिओ बास्तोलाले भने, ‘शव रजहर पठाउने तयारी भइरहेको छ ।’

    दुर्घटनाको खबरलगत्तै देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेसहितको टोली युनाइटेड मिसन अस्पतालमा पुगेको थियो ।साभार अनलाइनखबर

    Post Views: 238
    प्रकाशित मिति: २०८० कार्तिक ६, सोमबार १०:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.