• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

इजरायलमा रहेका सबै नेपालीले अनलाइन विवरण भर्नुपर्ने

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ५, आईतवार १९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक ५ गते / इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूले अनलाइनमार्फत आफ्नो विवरण भर्नुपर्ने भएको छ। इजरायलस्थित नेपाली राजदूतावासले सञ्चालनमा ल्याएको अनलाइनमा आफ्नो विवरण भर्नुपर्ने भएको हो।

    यसअघि घर फर्किन चाहनेहरूको लागि मात्र अनलाइन फर्म खुला गरिएको थियो । तर, अब इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो विवरण दूतावासको अनलाइन प्रणालीमार्फत भर्न भनेको छ।

    इजरायल र हमासबीचकाे द्वन्द्व झन् चर्किँदै गएको भन्दै दूतावासले यस्तो आह्वान गरेको हो। भोलिको दिनमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा सजिलो होस भनेर दूतावासले सबै नेपालीलाई आफ्नो अवस्थाबारे जानकारी गराउन भनेको छ।

    इजरायलमा बस्ने नेपालीहरूको सुरक्षाप्रति दूतावास गम्भीर रहेको भन्दै परिस्थिति बिग्रँदै गए कुनै आकस्मिक निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने दूतावासले जनाएको छ।

    त्यसका लागि सबै नेपालीसम्म सहजै पुग्न सकियोस् भनेर दूतावासले विस्तृत विवरण सङ्कलन थालेको हो । दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्म अनिवार्य भर्न सबैमा अनुरोध गरेको छ।

    अक्टोबर ७ तारिखको एकाबिहानै गाजास्थित हमास समूहले इजरायलको सीमा क्षेत्रका गाउँहरूमा आक्रमण गरेको थियो। त्यसयता इजरायलले हमास समूहमाथि निरन्तर आक्रमण गर्दै आएको छ।

    इजरायलको निरन्तरता आक्रमणपछि हमास समूहले समेत प्रति आक्रमण गर्दै आएको छ। हाल आएर इजरायलको दक्षिणी क्षेत्रसँगै उत्तरी लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहार भइरहेको दूतावासले जनाएको छ। साभार रातोपाटी

    Post Views: 263
    प्रकाशित मिति: २०८० कार्तिक ५, आईतवार १९:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.