• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

१० हजार ग्रुप एसएमएस पठाउन सकिने टेलिकमको दसैं प्याक घोषणा   

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ५, आईतवार १९:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल टेलिकमले दसैंको अवसर पारेर १० हजार वटासम्म मोबाइल नम्बरमा सस्तो प्याकेजमा एसएमएस पठाउन सकिने सुविधा दिएको छ।

    टेलिकमले सामूहिक सन्देश सेवा पहिलेदेखि नै सञ्चालनमा ल्याइरहेको भए पनि दसैंको अवसरमा सुलभ प्याकेज घोषणा गरेको हो। यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ।

    यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध छ। प्रति सन्देश ५० पैसामा पठाउन सकिने यो प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा एक हजार रूपैयाँ लाग्छ।

    २ हजार ५ सय रूपैयाँमा ५ दिनभित्र ५ हजार एसएमएस पठाउन सकिनेछ। यस्तै, ५ हजार रूपैयाँमा १० दिनभित्र १० हजार एसएमएस पठाउन सकिनेछ। नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर जोडिएको छैन।

    यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ। प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा भने पठाउने व्यक्ति नै पूर्ण जिम्मेवार हुनुपर्नेछ।

    यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np मा लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरू एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ। एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरूमा एसएमएस पठाउन सकिन्छ। सोभन्दा बढीको लागि फेरि यही प्रक्रिया दोहोर्‍याइ आफूले चाहे बमोजिमका थप मोबाइल नम्बरमा सन्देश पठाउन सकिन्छ। साभार सेतोपाटी

    Post Views: 220
    प्रकाशित मिति: २०८० कार्तिक ५, आईतवार १९:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.