• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सिकलसेल अस्पताल संचालन गर्न प्रदेसका सांसद एकजुट हुनुपर्छ : जन्मजय तिमिल्सिना

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ५, आईतवार १६:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कात्तिक ५ । बर्दियामा सिकलसेल र थालेसिमिया अस्पताल संचालन गर्न बर्दियाबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशका सांसदहरु एकजुट हुनुपर्ने लुम्बिनी प्रदेश साँसद एवम् नेपाली काँग्रेसका प्रमुख सचेतक माननिय जन्मजय तिमिल्सिनाले बताउनु भएको छ । बिजया दशमी, शुभदीपावली, छठपर्व एवम् नेपाल सम्बत ११४४ को अवसरमा थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिति बर्दियाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम् नेता तिमिल्सिनाले सो कुरा बताउनु भएको हो ।

    सिकलसेल एनिमिया र थालेसिमिया अस्पताल संचालन गर्न लुम्बिनी प्रदेशमा बर्दियाबाट प्रतिनिधित्व गर्ने ८ जना माननिय एकजुट भै प्रत्येकले ५० लाख बजेटको ब्यवस्था गरे अस्पताल संचालन गर्नमा कसैको मुख ताक्न नपर्ने उहाँको भनाई छ ।

    कार्यक्रममा सबैलाई शुभकामना दिदै थारु जातिको पहिचानका लागि मातृभाषा, भेषभुसा र कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न जरुरी रहेको समेत बताउनु भयो ।

    कार्यक्रमका विशेष अतिथि लुम्बिनी प्रदेसका सांसद भुवनेश्वर चौधरीले थारु समुदायको संस्कृति संरक्षण गर्न आफूले प्रदेस सरकारमा आवाज उठाउँदै आएको बताउँदै सम्पूर्ण जनमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

    अर्का विशेष अतिथी लुम्बिनी प्रदेस सांसद राजकुमार चौधरीले शुभकामना ब्यक्तगर्दै थारु समुदायको संस्कृति जोगाउन अतिआवस्यक रहेकोले त्यसका लागि आफू सधै अग्रपंक्तिमा रहेको बताउनु भयो । लुम्बिनी प्रदेशकै सांसद कार्यक्रमकी विशेष अतिथी कृष्णकुस्मा थारुले थारु समुदायको हकहित एवम् संस्कृति संरक्षण गर्न सवै लाग्नुपर्ने बताउँदै सम्पूर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्नु भएको छ । बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु एवम् निवर्तमान नगरप्रमुख दुर्गा बहादुर थारुले शुभकामना ब्यक्तगर्दै नगरपालिका थारु समुदायको उत्थानका लागि सधैं तत्पर रहेको बताउनु भयो ।

    शुभकामना कार्यक्रमका अध्यक्ष एवम् थारु कल्याणकारीणी सभा जिल्ला कार्य समिति बर्दियाका अध्यक्ष विर बहादुर चौधरीले जिल्लामा थारु समुदायको हकहित तथा संरक्षणका लागि संस्था लडिरहेको बताउँदै उपस्थित सबै एवम् जिल्ला बासीहरुमा शुभकामना दिनु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, निर्माण ब्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकास गिरी, एवम् कल्याणकारीणी सभाका नगरस्तरिय समितिका ब्यक्तीहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो ।

    Post Views: 276
    प्रकाशित मिति: २०८० कार्तिक ५, आईतवार १६:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.