• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चितुवाको छाला र चरेससहित कसरी पक्राउ परे हवल्दार ?

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २, बिहीबार २१:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी, कात्तिक २/ बाजुराबाट चरेस र चितुवाको छाला कैलालीतर्फ ल्याइरहेको सूचना प्रहरीले केही दिनअघि नै पाएको थियो । प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह, लागुऔषध नियन्त्रण शाखा महेन्द्रनगर, संघीय प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीका सादा पोशाकका प्रहरी यो विषयमा चनाखो थिए ।

    बुधबार प्रहरीले धनगढीको मिलन चोक नजिकैको होटलमा बसेर चरेस र चितुवाको छालाको कारोबार भइरहेको सूचना प्रहरीले पायो । तर प्रहरीसम्म सूचना पुग्यो भन्ने चाल पाएपछि बिक्री गर्ने ल्याएकाहरुले आफ्नो लोकेसन परिवर्तन गरे । उनीहरु त्यहाँबाट शहीदगेट नजिकैको एउटा होटलमा पुगे । बाजुराबाट ल्याइएको जिप पार्किङ स्थलमा राखेर कोठा बुक गरेका उनीहरु सुरुमा रित्तो हात कोठामा पसे । परिस्थिति विश्लेषण गरिसकेपछि कालो झोला र बोरा जिपबाट निकालेर कोठामा लगे ।

    कोठामा पुगेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार, बैतडीको मेलौली घर भएका करनबहादुर चन्द र उनीहरुबीच बार्गेनिङ चल्छ । यो सबै गतिविधि सादा पोशाकका प्रहरीले नजिकबाट नियालिरहेका थिए । बाजुराबाट चितुवाको छाला र चरेस लिएर आएका २६ वर्षीय धनकृष्ण रोकाया र ३० वर्षीय हेमराज जोशीबीच चन्दको बार्गेनिङ चल्दाचल्दै उनीहरु बसेको कोठामा प्रहरीले छापा मारेको थियो ।

    प्रहरीले उनीहरु बसेको कोठाबाट साढे ६ किलो चरेस र ७ फिट ६ इन्च लामो चितुवाको छाला बरामद गरेको छ । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर हत्कडी लगाउने बेला बिक्री गर्ने दुई जना र किन्न खोज्ने चन्द पनि एकै पक्ष भएको खुलेको प्रहरी स्रोतको भनाइ छ । हत्कडी लगाउने बेला करनबहादुर चन्दले आफू पनि प्रहरी कर्मचारी भएको र सूचना संकलनका लागि आएको बताएका थिए । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगानाले त्यो अख्तियारी कसले दिएको हो भनेर सोधेपछि भने उनी मौन रहे ।

    चन्दले एकपटक मुख्यमन्त्री कार्यालयमा कुराकानी गर्न दिन समेत आग्रह गरेका थिए । प्रहरी स्रोतका अनुसार चन्दले आफू मुख्यमन्त्री कार्यालयमा कार्यरत भएकाले सबै व्यवस्थापन गर्ने आश्वासन दिएका थिए । ‘उहाँहरु दुई जनालाई चन्द मुख्यमन्त्री कार्यालयमा कार्यरत सहायक हवलदार हुन् भन्ने कुरा पहिले नै थाहा रहेछ । बाजुराबाट धनगढी ल्याउन र त्यसको सबै व्यवस्थापन आफूले गर्ने आश्वासन दिएको देखिन्छ’, एक प्रहरी अधिकृतले भने ।

    प्रहरी सहायक हवलदार चन्द र उनीहरुका बीचमा साढे ६ किलो चरेस र चितुवाको छाला ९ लाख रुपैयाँमा कारोबार गर्ने समझदारी थियो । ‘चन्दले उक्त मूल्य बराबरको रकम दिन तयार भएको बताएपछि मात्र उनीहरु बाजुराबाट आएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो । जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र पालले जानकारी दिए ।साभार अनलाइनखबर

    Post Views: 263
    प्रकाशित मिति: २०८० कार्तिक २, बिहीबार २१:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.