काठमाडौँ,कार्तिक २ / सरकारले भोलिदेखि लागू हुने गरेर जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो ।

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनि सरकारले खसी तथा च्याङग्रा खरिदमा अझ सहुलियत दिएको छ ।
सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रति किलो ६ सय ७० बाट अझ सहुलियत दिँदै प्रतिकिलो ६ सय ५० र च्याङग्रा प्रतिकिलो १ हजार २ सय ५० बाट प्रति किलो १ हजार २ सय २५ कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । साभार रातोपाटी




