• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

किशोरीहरूलाई सशक्तीकरणका लागी १ दिनका लागी कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनिन् कालिकोटकी मोनिका

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २, बिहीबार ०९:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेत, कार्तिक २ गते / कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले १ दिनका लागि कालिकोट जिल्लाकी मोनिका बुढाले आफ्नो पदभार हस्तान्तरण गर्नुभएको छ । पदभार ग्रहण गर्दै मोनिकाले मन्त्रालयले गर्ने कार्य तथा जीम्मेवारीहरुबारे जानकारी लिनु भयो । उक्त अवसरमा उहांले सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली र शिक्षा अधिकृत बलवीर सुनारमार्फत सम्बन्धित महाशाखाका कामबारे जानकारी दिनुभएको थियो ।

     

    १ दिनका लागि सामाजिक विकास मन्त्री बनेकी मोनिकाले हाल मन्त्रालय मार्फत भईरहेका कार्यहरु सम्बन्धित महाशाखाले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् । उक्त निर्देशनलाई सम्बन्धित अधिकारीहरुले कार्यान्वयनमा अगाडी बढाउने प्रतिबद्धता गर्नुभएको थियो ।

     

    सोही अवसरमा आफ्नो भनाइ राख्दै मोनिकाले कालिकोट जिल्लामा अझै सम्म पनि यस वर्षको कक्षा ११ को पढाई शुरु नभएको गुनासो आएको र प्रतिस्पर्धात्मक रुपमा सिक्ने अवसर सुनिश्चित गर्न के कसरी काम गर्न सकिन्छ भनी सम्बन्धित महाशाखालाई प्रश्न गर्नुभयो । सो प्रश्नको जवाफ दिदै शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा शैक्षिक सूचकहरु अन्य प्रदेशहरुको तुलनामा कम रहेको र उल्लेखित समस्याहरुलाई कम गर्न माननीय मन्त्री ज्यूको अगुवाईमा कार्यान्वयन गर्न सकिने प्रतिबद्धता गर्नुभयो । साथै मोनिकाले “विभिन्न सर्वेक्षणले कर्णालीमा बालविवाह उच्च रहेको र यसले व्यक्तित्व, सिप तथा जिवन जिउने कला सिक्न बाधा गरिरहेको हुनाले बालिकाहरुलाई गुणस्तरीय शिक्षाको अवसर प्राप्त हुने वातावरण सिर्जना गर्न अनुरोध गर्नुभयो । त्यसैगरी, कर्णालीमा महिनावारीको समयमा छाउपडीमा बस्नुपर्ने र विभेद गरिने एकदमै पिडादायी अवस्थाबाट मुक्ति पाउन चाहन्छौं र यसमा मन्त्रालयले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

     

    किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको वृहत लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्धेश्यले अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान ईन्टरनेशनल नेपाल र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको १ दिने पदभार ग्रहण गर्नुभएकी नरहरीनाथ ३ कालिकोटकी १७ वर्षिया मोनिकाले मन्त्रालयको अनुभव र कर्णालीका बालिका एवं किशोरीहरुका सवालहरुलाई यहांहरु समक्ष राख्नका लागि जीम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा धन्यबाद व्यक्त गनूभएको छ । यसले मलाई म र मजस्ता बालिकाहरुलाई आफ्नोे लक्ष्यमा अझ लगनशिल भएर लाग्नमा प्रेरित गर्ने छ ।

     

    प्लान इन्टरनेशनल नेपालको पश्चिम क्षेत्रीय कार्यालयका प्रबन्धक मीना कुमारी पराजुली भन्नुहुन्छ, “गल्र्स टेक ओभर किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि एक उत्कृष्ट अवसर भएको बताउनु भयो ।

     

    कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बालिकाहरुको क्षमता र नेतृत्व विकासको लागि यो अवसर मिलाउन प्रयत्न गरेकोमा प्लान ईन्टरनेशनल नेपाललाई धन्यबाद दिदै अहिले मोनिकाको व्यक्तित्व प्रभावशाली रहेको र स्वयंले यसलाई निरन्तरता दिई उदाहरणिय बनिरहनका समेत आग्रह गर्नूभएको थियो ।

     

    कार्यक्रमको समापन गर्दै माननीय सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले मोनिका जस्तै लाखौं प्रतिभालाई जन्म दिनुहोस् भन्ने शुभेक्षा व्यक्त गर्नुुभयो । साथै जिवनमा आफ्नो निर्धारित लक्ष्यमा पुग्न मुलबाटो नछोडी निरन्तर लागिरहन अनुरोध गर्दै मोनिकालाई भविष्यमा कर्णालि प्रदेशको सामाजिक विकास मन्त्रीको रुपमा देख्न पाईयोस् भन्ने आशा व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो गर्नुभएको थियो ।

    हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । प्लान इन्टरनेशनलको Because I am a girl अभियानको पैरवीका कारण सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो । बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ । समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी रहेको छ ।

    Post Views: 233
    प्रकाशित मिति: २०८० कार्तिक २, बिहीबार ०९:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.