• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यू- १९ प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया खेल्दै, सेमिफाइनलमा पुग्न जित्नैपर्ने खरीबोट

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २, बिहीबार ०५:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक २ गते / एसीसी यू- १९ प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ । मलेसियाको वाइकेएम क्रिकेट ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुदैछ ।

    नेपाल सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ । समुह ए मा रहेको नेपाल र साउदी अरेबिया दुवैले यसअघिका आफ्ना २-२ खेल नै जितेर ४-४ अंक हासिल गरेका छन् । अब यस खेलको विजेता सेमिफाइनलमा पुग्ने छ ।

    नेपालले यसअघि पहिलो खेलमा इरानमाथि शानदार २७४ रनको जित हासिल गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । त्यसैगरी साउदी अरेबियाले आफ्नो पहिलो खेलमा इरानलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ६७ रनले हराएको थियो ।

    प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू- १९ एसिया कपमा छनौट हुने छन् ।

    एशिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सोझै छनोट भएका छन् भने अन्य तीन देश यस प्रिमियर कपबाट छनौट हुने छन् । यू- १९ प्रिमियर कपको समूह ए मा नेपालसहित बहराइन, साउदी अरेविया र इरान रहेका छन् भने समूह बी मा युएई, ओमान, कतार र चीन रहेका छन् ।

    त्यस्तै समूह सीमा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स रहेका छन् भने समूह डी मा हङकङ, मलेसिया जापान र इन्डोनेसिया रहेका छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

    त्यस्तै सेमिफाइनलका खेल कार्तिक ५ गते हुने छ भने फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ ।

    नेपालको टोली: देव खनाल(कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा । साभार खरिबोट

    Post Views: 260
    प्रकाशित मिति: २०८० कार्तिक २, बिहीबार ०५:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.