• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल वायुसेवा निगमले तिर्यो जहाज खरिद बापतको ऋण

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १, बुधबार २२:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक १/नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी र दुई वाइडबडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबढी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी रु ५३ करोड नौ लाख ५५ हजार दुई सय एकासी रकम भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको हो।

    यसअघि निगमले २०७९ असारदेखि २०८० असार सम्मको अवधिमा रु तीन अर्ब ७७ करोड ३८ लाख २१ हजार एक सय २५ रकम भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उनका अनुसार निगमको आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको र नगद प्रवाहमा सुधार भएपश्चात् प्रमुख इन्जिन मर्मत खचर्, नियमित तथा आकस्मिकरुपमा हुने जहाज मर्मतसम्भार खर्चसमेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना बक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरीएको छ।

    निगमले दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजनासमेत अन्तिम चरणमा रहेको जनाएको छ। ती जहाजमार्फत नेपालका दुर्गम क्षेत्रमा सेवा विस्तार गरिनुका साथै पर्यटन प्रवद्र्धनको साथै निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने विश्वास लिइएको छ।

    निगमले अन्तर्राष्ट्रिय उडानका आफ्ना सबै जहाज सञ्चालनमा आएको जनाएको छ। प्राविधिक समस्या आएका कारण ग्राउण्डेड रहेका ती जहाज सबै सञ्चालनमा आएको निगमले जनाएको छ। निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि समान दुई थान वाइडबडी र न्यारोबडी गरी कूल चार वटा जहाज छन्। असोज २९ गतेदेखि नै निगमका सबै जहाज नियमित उडानमा रहेकाले चाडपर्वका अवसरमा यात्रुलाई गन्तव्यमा पुग्न सहज हुने निगमले उल्लेख गरेको छ।साभार नागरिकन्युज

    Post Views: 266
    प्रकाशित मिति: २०८० कार्तिक १, बुधबार २२:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.