• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालमा मल कारखाना खोल्न भारतको चासो

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १, बुधबार २२:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,कात्तिक १/ नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा मलेसियन कम्पनी रि–निकोला प्रा.लिले लगानी बोर्डसँग सम्झौता गरेसँगै भारतले पनि यसबारे चासो लिन थालेको छ । असोज १० गते बोर्ड र रि–निकोलाबीच सम्झौता भएको हो ।

    यसैबिच भारतको रसायन तथा मल मन्त्रालयका प्रतिनिधि आएर नेपालका विभिन्न पक्षसँग छलफल गरेर फर्केका छन् । असोज २४ गते नेपाल आएका उनीहरू कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्लगायत मलसँग सम्बन्धित अन्य सरोकारवालासँग छलफल गरेका छन् ।

    नेपालमा कति मल खपत हुन्छन्, कति उत्पादन गर्ने, यहाँ उत्पादित मल भारत निर्यात गर्न सकिन्छ कि सकिँदैन, कारखाना स्थापना गर्ने ठाउँ लगायतका विषयमा उनीहरूले छलफल गरेको बताइएको छ । कृषि मन्त्रालयका एक जना सहसचिवका अनुसार भारतले नेपाल–भारतको सीमा क्षेत्रमा कारखाना खोल्ने चासो देखाएका छन् ।

    तराई–मधेस खासगरी मधेस प्रदेशमा सबभन्दा बढी मल खपत हुन्छ । यसको साथै त्यहाँ समथर भूभाग भएका कारणले त्यहाँ कारखाना खोल्न सजिलो हुने र त्यहाँबाट भारत निर्यात गर्न पनि सजिलो हुने भएकाले तराई मधेसमा कारखाना खोल्न चासो लिएको ती अधिकारीले बताए ।

    उत्पादन गरिएको मल नेपालमा खपत गर्न सकिएन भने अन्य देशमा निर्यात गर्ने सम्भावना कति रहेको छ त्यसको बारेमा पनि उनीहरूले चासो लिएका थिए । नेपालमा मल कारखाना खोल्न सके देशभित्र मात्र नभएर बिहार तथा झरखाण्ड राज्यमा पनि यतैबाट मल पठाउने उनीहरूले योजना बनाएको उनको भनाई छ ।

    तर यस विषयमा बारेमा नेपाल पक्ष सहमत हुनुपर्ने देखिएको कृषि मन्त्रालयका ती अधिकारीले बताए । मल कारखाना खोल्ने विषयमा दुवै देशले एउटा संयुक्त कार्यदल बनाउने पनि सहमति गरेका छन् । केही दिनमै कार्यदल बनाएर मल कारखाना खोल्ने विषयलाई तीव्र ढङ्गले अगाडि बढाउने कृषि मन्त्रालयले जनाएको छ । नेपालमा ग्यासबाट मल उत्पादन गर्ने सम्भावना रहेको छ । तर, सो ग्यास भारतबाट नै ल्याउनुपर्ने हुन्छ । त्यो कसरी ल्याउने त्यसको बारेमा पनि भारत पक्षले छलफल गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भनेका थिए, ‘नेपालसँग आपसी सहकार्यका लागि हामी तयार छौँ, व्यापार पूर्वाधार, पेट्रोलियम पाइपलाइन र नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि आवश्यक सहयोग गर्न भारत तयार छ ।’ सो प्रतिबद्धता अनुसार भारतले प्रक्रिया सुरु गरेको छ ।

    यसअघि पनि भारतीय कम्पनीसँग मल कारखाना खोल्ने विषयमा सम्झौता भएको थियो । २०७१ भदौ १८ गते लगानी बोर्डले युरिया मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गर्दै सूचना प्रकाशित गरेको थियो । त्यसमा चार वटा देशले प्रस्ताव हालेका थिए । त्यस मध्ये बोर्डले भारतीय कम्पनी इन्फ्रास्टक्चर डेभलपमेन्ट कर्पोरेसन (आइडेक) कर्नाटकलाई छनोट गरेको थियो । मल कारखाना स्थापनासँग सम्बन्धित प्राविधिक तथा आर्थिक र वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आइडेकसँग २०७२ पुसमा सम्झौता भएको थियो । तर हालसम्म अध्ययन प्रतिवेदन बुझाइएको छैन ।साभार रातोपाटी

    Post Views: 301
    प्रकाशित मिति: २०८० कार्तिक १, बुधबार २२:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.