• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

टी-२० सिरिजमा युएईमाथि नेपालको सहज जित

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १, बुधबार १६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कात्तिक १ गते/ त्रिकोणिय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। बुधबार मुलपानी मैदानमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको हो।

    युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए। नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए। अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए। त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो। युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे। उनले ५१ रन जोडे। अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरे। त्यसअघि युएईका ओपनर खालिद शाहलाई सोमपाल कामीले पहिलो ओभरमै शून्यमा रोहित पौडेलबाट क्याच गराए। चौथो ओभरमा करण केसीको बलमा अलिसान शाराफु ६ रनमा कुशल भुर्तेलबाट सामातिए। त्यसपछि गुल्सन झाले दुई विकेट लिन सफल भए। उनले युएईका कप्तान मोहमद वासीमालाई १७ रनमा र असिफ खानलाई १५ रनमा आउट गरेका थिए। करणले युएईका लागि ३२ रन बनाएर खेलिरहेका अली नासीरलाई १७ ओभरको पहिलो बलमा पाँचौ विकेटको रुपमा आउट गरे। बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै गुल्सन झाले २ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। अभिनास र सोमपाल कामीले १-१ विकेट लिन सफल भए। सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ । साभार सेतोपाटी

    Post Views: 381
    प्रकाशित मिति: २०८० कार्तिक १, बुधबार १६:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.