कार्तिक १ गते / गुलरिया नगर ब्याडमिन्टन संघ गुलरिया द्वारा आयोजित प्रथम बर्दिया जिल्ला स्तरिय कृष्णसार कप ब्याडमिन्टन प्रतियोगिता को आज कार्तिक १ गते भएको फाइनल खेलको ओपन डबल्समा अनुपम न्यौपाने र सरद कुमार खड्काको जोडि प्रथम भएको छ भने सुपर भेट्ट्रान्स डबल्समा महेन्द्र जंग शाहि र दिनेश कुमार बिष्ट को जोडि प्रथम भएका छन। आज गुलरिया नपा बडा नं ४ मा रहेको कबर्डहल को ब्याड्मिन्टन हलको भवनमा भएको पहिलो फाइनल खेलमा राजापुर नपा को महेन्द्र जंग शाहि र दिनेश कुमार बिष्ट को जोडिले गुलरिया नपाको रञ्जन शर्मा र तुलु मल्ल को जोडीलाई २१-८ र २१-१३ को सोझो सेटमा पराजित गरेका थिए।

यसै गरि अर्को ओपन डबल्स खेल अन्तर्गत गुलरिया नपाको अनुपम न्यौपाने र सरद कुमार खड्काको जोडीले मधुवन नपाको नरेश कुमार मल्ल र खिम ब घलेको जोडीलाई एकदमै प्रतिस्पर्धात्मक भएको खेलमा २३-२० र २१-१९ को सोझो सेटमा पराजित गर्दै गुलरिया नपाको जोडि प्रथम भएको थियो । साथै
भेट्ट्रान्स डबल्समा प्रथम भएका राजापुरको जोडीले नगद ३१ हजार रूपैयाँ प्राप्त गरेका थिए भने भेट्ट्रान्स डबल्समा दोस्रो भएका गुलरिया नपाको रञ्जन शर्मा र तुलु मल्ल को जोडीले नगद १७ हजार ५ सय प्राप्त गरेका थिए। यस्तै ओपन डबल्स प्रतिस्पर्धा तर्फ विजयी गुलरिया नपा को अनुपम र सरद कुमार जोडीले नगद ५१ हजार रूपैयाँ प्राप्त गरेको छ भने दोस्रो भएको मधुवन नपाको नरेश कुमार मल्ल र खिम ब घलेको जोडिले नगद ३१ हजार रूपैयाँ प्राप्त गरेको थियो।
असोज २८ गते देखि कार्तिक १ गते सम्म सञ्चालित यस जिल्ला स्तरिय ब्याड्मिन्टन प्रतियोगितामा जिल्ला भरिका २८ वटा टोलिको सहभागी रहेको थियो भने प्रतियोगिताको उत्कृष्ट खेलाडीमा बारबर्दिया नपाका अरुण चौधरी भएका थिए र उदयमान खेलाडीमा गुलरिया नपाका बसन्त योगीले प्राप्त गरेका थिए । समापन कार्यक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव, उपप्रमुख सावित्री गौतम, मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट र गुलरिया नगरपालिका बडा नं ४ का बडा अध्यक्ष सुरेश गौतम साथ गुलरिया नगर खेलकुद विकास समिति संयोजक युवराज श्रेष्ठ लगायत को उपस्थिती रहेको थियो ।




