• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५ सयजनाको मृत्यु, डब्लूएचओद्वारा निन्दा

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १, बुधबार ०९:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी,कार्तिक १ / गाजाको एक अस्पतालमा भएको रकेट आक्रमणमा परी कम्तिमा ५ सयजनाको मृत्यु भएको दावी गरिएको छ।गाजाको स्वास्थ्य विभागका अनुसार अल अहली अरब अस्पतालमा भएको रकेट आक्रमणमा परी ५ सयजनाको मृत्यु भएको छ।

    बीबीसीका अनुसार अस्पतालमा सैंयौंको सङ्ख्यामा बिरामी, घाइते र घरबारबिहीन बनेकाहरू अस्पतालमा रहेको बेला आक्रमण भएको गाजाको स्वास्थ्य विभागले बताएको छ। स्थानीयका अनुसार हमास–इजरायल आक्रमणबाट बच्नका लागि मानिसहरू अस्पतालमा शरण लिन पुगेका थिए। अस्पतालका एकजना चिकित्सकका अनुसार झन्डै ४ हजार मानिसहरू शरणका लागि अस्पतालमा थिए।

    उनले आक्रमण पछि अस्पतालको ८० प्रतिशत सेवा प्रभावित बनेको बताए। आक्रमण पछि विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनोम घेब्रीयससले दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेका छन्। उनले गजाको अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै भने, ‘सर्वसाधारण नागरिकको सुरक्षाका लागि र उनीहरूलाई स्वास्थ्य सेवा दिनका लागि सम्बन्धित निकायले सक्दो चाडो ध्यान दिनुपर्छ।’

    यसैबीच, प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले भएको आक्रमण पछि तीन दिनको शोकको घोषणा गरेका छन्। यता इजरायली सेनाले भने आक्रमण आफूहरूले नगरेको दावी गरेको छ। इजरायली सेनाले बक्तव्य जारी गर्दै घटनामा प्रयोग भएको विस्फोटबारे अनुसन्धान गर्ने बताएको छ।साभार नागरिकन्युज

    Post Views: 251
    प्रकाशित मिति: २०८० कार्तिक १, बुधबार ०९:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.