• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

  •  माउण्टेन संवाददाता
  • २०८० आश्विन ३०, मंगलवार २२:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,असोज ३०/ नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १-० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गर्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको नेपाल समग्रमा २-१ को जितका साथ अघि बढेको हो । नेपालले अब दोस्रो चरण अन्तर्गत समूह एचमा युएइ, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।

    मंगलबारको खेलमा नेपालले पहिलो हाफमा सुस्त प्रदर्शन गरेपनि दोस्रो हाफको सुरुवातमै अग्रता लिएर जितको आधार तय गरेको थियो । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले पछिल्लो खेलबाट तीन परिवर्तन गर्दै टोली उतारेका थिए । १२ औं मिनेटमा दिनेश हेन्जनले फ्रि-किक मा क्रस गरेको बल लाओस गोलरक्षकले सजिलै समाते । १७ औं मिनेटमा लाओसका माइकल भाङको प्रहार नेपाली कप्तान किरण चेम्जोङले राम्रो बचाउ गरेर टारे ।

    २२ औं मिनेटमा दिनेश हेन्जनको क्रसमा उत्सव राईले बक्समा खाली रहेको अवस्था बाट गरेको हेडर पोस्टको माथिबाट बाहिरियो । ३९ औं मिनेटमा लाओसका चोनि वेनपासर्थको बक्स भित्र बाट लिएको प्रहार पोस्टको केही टाढा बाट बाहिरियो । ४२औं मिनेटमा वेनपासर्थबाट आएको प्रहार किरण चेम्जोङले सजिलै बचाए ।

    पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता लिने अर्को अवसर पाएको थियो । दिनेशको क्रसमा अनन्त तामाङले गरेको प्रहार सटिक हुन नसक्दा ६ यार्ड बक्सभित्र पुगेको बलमा कुनै नेपाली खेलाडी पुग्न सकेनन् । ५३ औं मिनेटमा नेपालले अग्रता लियो । अन्जन विष्टले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको पासलाई मनिषले पहिलो टचमा गोलको दिशा दिँदै अग्रता दिलाए ।

    ८२ औं मिनेटमा अन्जनको हेडर प्रयास पोस्टभन्दा थोरै परबाट बाहिरियो । इन्ज्युरी समयमा कप्तान किरणले सानदार बचाउ गर्दै नेपालको अग्रता कायम राखे । कर्नरबाट सुरु भएको मुभमा किरणले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार आफ्नो बायाँ तर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरेका थिए ।साभार हाम्रो खेलकुद

    Post Views: 237
    प्रकाशित मिति: २०८० आश्विन ३०, मंगलवार २२:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.