• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नयाँ आशाका साथमा हाम्रो नौलो यात्रा

  •  सम्पादकीय
  • २०८० आश्विन २९, सोमबार ११:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,असोज २९ (माउण्टेन) /आजको विज्ञान र प्रविधिको युगमा दुनियाको हरेक क्षेत्रमा नवीन युगको सूत्रपात भईरहेको छ । पत्रकारिता क्षेत्र पनि यसबाट अलग रहन सम्भव छैन, विज्ञान र प्रविधीको विकासले पत्रकारितामा नवीन युगको क्षितिज उधारिदिएको छ । छापा पत्रकारिता र विद्युतीय पत्रकारिता हुदै आज संचार माध्यम डिजिटल युगमा प्रवेश गरिरहेका छन् । पत्रकारिता क्षेत्रमा जति नयाँ प्रवृतिहरु भित्रिएका छन् । त्यतिकै मात्रामा अवसर र चुनौतिका चाङहरुसमेत हाम्रा सामु देखापरेका छन् । यस क्षेत्रमा देखापरेका सम्भावना र चुनौतीहरुलाई आत्मसाथ गदै हामी बर्दियाको पत्रकारितामा नवीन पत्रिका शुभारम्भ गरिरहेका छौं ।

    बर्दिया पत्रकारिताको विकासको यात्रा अपेक्षित रुपमा समृद्ध हुन सकेको छैन । संख्यात्मक रुपमा छापा पत्रिका, रेडियो र अनलाइन पत्रिकाको लहर देखा परेतापनि गुणस्तरीयताका दृष्टिले बर्दियाको पत्रकारिता अझै संघर्षरत नै छ । बर्दियामा पत्रकारिताको विकासमा यस अघि भएका साथै प्रयासहरुको हामी हार्दिकता पूर्वक सम्मान गर्दछौ र ती सबैबाट शिक्षा लिदै नयाँ गन्तव्यमा पुग्नका लागि हामीले हाम्रो यात्रा प्रारम्भ गरेका छौं ।

    मुलुकमा हाल विद्यमान शासन व्यवस्था जन संघर्षबाट स्थापित भएको हो । जनताको अथह बलिदानबाट आज हामी संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौं । गाउँगाउँमा स्थानीय सरकारको उपस्थिती छ । तर त्यसको अनुभूति नागरिकलाई भएको छ कि छैन ? नागरिकका आवाजहरु बुलन्द भएर उठिरहेका छन् कि छैनन ? ती आवाजहरुलाई स्थानीय सरकारहरुले सुनेका छन् कि छैनन् ? ती कुराहरु पनि आज मननीय भएर उपस्थित छन् ।

    सरकारले जनआवाजहरुको उपेक्षा गर्दा जनतामा निराशा उत्पन्न हुने र त्यो निराशाबाट कालान्तरमा व्यवस्था प्रति नै वितृष्णा बढ्ने खतरासमेत हाम्रा सामु छ । यी सबै कुराहरुलाई मध्य नजर गर्दै स्वस्थ समाज निर्माण गर्न प्रभावकारी संचार माध्यमको स्थापना आजको आवश्यकता हो । यही आवश्यकता बोध गर्दै हामी–पत्रकारिताको यो यात्रामा प्रवेश गरेका छौं । आशा छ हाम्रो यात्रामा पाठक महानुभावहरुको सकारात्मक साथ रहनेछ ।

    Post Views: 506
    प्रकाशित मिति: २०८० आश्विन २९, सोमबार ११:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.