• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाख सरकारले बेहोर्ने

  •  माउण्टेन संवाददाता
  • २०८० असार १९, मंगलवार २१:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएको छ । उक्त रकम भुक्तानी गरिदिने परराष्ट्र मन्त्रालयले सोमबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । परराष्ट्र सचिवस्तरीय निर्णयअनुसार सोमबार परराष्ट्रले अर्थलाई पत्र पठाएको हो । राष्ट्रपति पौडेलले स्वास्थ्योपचार खर्च आफैंले बेहोर्न चाहेको भन्दै उनको स्वकीय सचिवालयले जनाएको थियो । तर‚ राष्ट्रपतिको तर्फबाट उपचार खर्च तिर्ने पहल भने भएको थिएन ।

    राष्ट्रपति पौडेल गत वैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्समार्फत भारत गएका थिए ।उनी त्यहाँ १० दिन उपचार गराई वैशाख १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्केका थिए । उक्त अवधिमा लागेको खर्चको बिल भर्पाइ भुक्तानीका लागि पेस भएको भएको भन्दै परराष्ट्रले खर्चका लागि यसअघि अर्थको सहमति मागेको थियो । उक्त खर्च रकम स्वास्थ्य उपचारलगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्डबमोजिम खर्च गर्न भन्दै अर्थमन्त्रालयले परराष्ट्रलाई गत ११ गते सहमति दिएको थियो ।

    राष्ट्रपतिको भारतमा उपचार हुँदा भएको खर्च कसले बेहोर्ने ?
    उक्त सहमति अनुसार खर्च रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५, ०२,२७९ रुपैया निकासा गरिदिन परराष्ट्रले पत्राचार गरेको हो । ’राष्ट्रपतिको उपचार खर्चमा लागेको रकमबारे पत्राचार भएको छ‚’ अर्थका अधिकारीले भने,’परराष्ट्रले भुक्तानी मागेको छ ।’

    पेट तथा छातीमा समस्या देखिएपछि राष्ट्रपतिले पौडेलले नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराएर फर्किएका थिए । उनी फर्केपछि पौडेलले खर्चको विषयमा प्रश्न उठेपछि आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्ने चाहना राखेको भन्दै वैशाख १९ गते राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले विज्ञप्ति जारी गरी आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्न चाहेको उल्लेख गरेका थिए  ।

    Post Views: 208
    प्रकाशित मिति: २०८० असार १९, मंगलवार २१:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.