काठमाडौँ / वालेन्द्र साह बालेन मुलुकको ४३ औँ प्रधानमन्त्री भएका छन् । उनले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले दिउँसो १२ः३४ बजे शपथ लिएका हुन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराएका हुन् । त्यसअघि नेता साहलाई बिहान प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइएको थियो । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन भइरहेको हो ।
साभार हाम्राकुरा




