• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यस्तो छ बालेनले जाँचबुझ आयोगसमक्ष दिएको बयान

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १२, बिहीबार १०:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र साह (बालेन) ले भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाका लागि तत्कालीन सरकारको ‘अत्यधिक बल प्रयोग’ र ‘आतंकवादी शैली’ मुख्य जिम्मेवार रहेको दाबी गरेका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष बयान दिँदै उनले २४ गतेको दुखद घटना २३ गते सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको परिणाम भएको उल्लेख गरेका छन्।

    बालेनले आयोगसमक्ष दिएको बयानअनुसार, भदौ २३ गतेको शान्तिपूर्ण र्‍यालीमा उनको समर्थन रहे पनि उनी प्रत्यक्ष आन्दोलनमा भने सहभागी थिएनन्। व्यवसायी र रेस्टुरेन्टहरूको आग्रहमा महानगर प्रहरीले पानी वितरण गरेको र स्थिति तनावपूर्ण भएको जानकारी आफूले सञ्चारमाध्यमबाट पाएको उनले बताए। उनले आफ्नो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गरेको र जनधनको रक्षाका लागि संयमता अपनाउन अपिल गरेको दाबी समेत गरेका छन्।

    बालेनले २४ गतेको आन्दोलनलाई शान्त पार्न आफूले सम्माननीय राष्ट्रपति र प्रधानसेनापतिको आग्रहमा भूमिका खेलेको खुलासा गरेका छन्। उनले बयानमा भनेका छन्, “तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो, त्यसैले सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सत्तामा सहभागी दलहरूले लिनुपर्छ।” २४ गते महानगरका संरचनाहरूमा लागेको आगो नियन्त्रण गर्न महानगरकै दमकलले समयमै भूमिका खेलेको समेत उनले स्पष्ट पारेका छन्।

    आफ्नो चर्चित फेसबुक स्टाटसबारे स्पष्टीकरण दिँदै बालेनले महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रूपमा रोकिएपछि विरोधस्वरूप ‘मेटाफोर’ (रूपक) का रूपमा अभिव्यक्ति दिएको बताए। उनले उक्त पोस्टमा “जलाई दिन्छु” भन्ने शब्द प्रयोग नगरेको दाबी आयोगसमक्ष गरेका छन्। घटनापश्चात् महानगरले घाइते र मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरेको जानकारी समेत उनले बयानमा दिएका छन्।

    २०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिए । २३ गतेको शान्तिपूर्ण रैलीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन । व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछी महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका संचार माध्यमबाट थाहा पाए । मेरो सामाजिक संजालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो । जनधनको रक्षाको लागी सामाजिक संजाल मार्फत संयमता अपनाउन अपिल गरेको थिए । घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरुसँग समन्वय गरी घाइते र मृतकहरुको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। २४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते का.म.न.पा ले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो । सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ। काठमाँडौ महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदैगर्दा अनावश्यक रोकेपछी विरोधस्वरुप Metaphor को रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा “जलाई दिन्छु” शब्द प्रयोग भएको थिएन ।  

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 56
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार १०:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.