पत्ता दुई भारतीय पर्यटकको अवस्था अझै अज्ञात

पाल्पा / तिनाउ खोलाको ड्यामसाइड (हेडबक्स) मा प्रवेशमा रोक लगाउनुपर्ने रुपन्देही र पाल्पाका स्थानीयले माग गरेका छन् । हरेक वर्ष यी क्षेत्रमा दुर्घटना भइरहँदा स्थानीय प्रशासन, स्थानीय तहले समेत बेवास्ता गरेको उनीहरूको आरोप छ ।
अघिल्लो वर्ष ११ जनाको यही क्षेत्र वरपर डुबेर मृत्यु भएको थियो । यसवर्ष गर्मीयाम सुरु हुँदै गर्दा घुम्न आएका दुई भारतीय पर्यटक किशोर पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका छन् । आइतबार अपराह्न बेपत्ता भएका छिमेकी मुलुक भारतको सन्तवीर नगरका १७ वर्षीय फरान अन्सारी र सोही स्थानका १७ वर्षीय अमान अन्सारी सोमबार बिहानसम्म फेला परेका छैनन् ।
तिनाउ गाउँपालिका–३, दोभानस्थित ड्यामसाइडनजिकै भारतबाट नेपाल घुम्न आएका सात जना पौडी खेल्न गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये दुई जनालाई तिनाउ खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले बताए । उनका अनुसार बेपत्ता भएका किशोरको खोजी जारी छ।
खोज तथा उद्धारका लागि नेपालगन्जबाट गोताखोर टोली झिकाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए । ‘ढुंगाको खोंच, भूमरी, पानी धमिलोले खोज उद्धार गर्न कठिन भयो,’ उनले भने, ‘बार नाघेर पौडी खेल्न जाने रहेछन् ।’ उनले प्रहरी नै परिचालन गरेर रोक लगाउनुपर्ने अवस्था देखिएको उनले बताए ।
जिल्लास्थित सशस्त्र प्रहरीले प्रहरी निरीक्षकको कमान्डका आइतबारदेखि नै खोजतलास गरिरहेको छ । तिनाउ खोलाको ड्यामसाइड क्षेत्रमा हरेक वर्ष नेपालका तराई तथा भारतका मानिसको पौडी खेल्ने क्रममा मृत्यु हुने गरेको छ । ड्यामसाइडमा आकर्षण छहरा रहेको छ । सोही स्थानमा पौडी नखेल्न आग्रह गरे अटेर गर्ने गर्छन् । पौडी खेल्ने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबारे जानकार नभएकाहरूको डुबेर ज्यान जाने गरेको दोभान प्रहरीले जनाएको छ ।
रुपन्देहीका साथै तराई र छिमेकी मुलुक भारततिरका लागि तिनाउ गाउँपालिकाको दोभान, भूतखोला, झुम्सा, सिद्धबाबा मन्दिर वरपर गर्मी छल्न नजिकको ठाउँ बनेको छ । तर यही ठाउँ ‘मृत्युस्थल’ बन्न थालेको तिनाउ गाउँपालिका–३, झुम्साका टंक बस्यालले बताए । उनका अनुसार नजिकका रुपन्देही, कपिलवस्तु, नवलपरासीका साथै भारतका विभिन्न ठाउँबाट घुम्न आउनेहरू गर्मी छल्ने तिनाउ खोलाको चिसो पानी बन्छ । तर पौडी खेल्न नआउनेहरूका लागि भने ‘मृत्युस्थल’ बनेको हो ।
ads/single-company-box-2-m-1022026052612.jpg
ads/single-company-box-3-m-1022026052648.jpg
ads/single-company-box-4-m-1022026052721.jpg
ads/single-company-box-1-m-1022026052534.jpg
उखरमाउलो गर्मी हुने बुटवल बजारबाट नजिकको गन्तव्य दोभान सिद्धबाबाको ड्यामदेखि झुम्सा आसपासको क्षेत्रमा गर्मी छल्न पौडी खेल्न पुग्ने गर्छन् । ‘तराईमा गर्मी बढेपछि चिसो पानी र अग्ला पहाडको बीचमा रहेका स–साना ताल तथा बुटवल पावर कम्पनीको जलविद्युत्को ड्यामसाइड पौडी खेल्नेहरूको केन्द्र बन्ने गर्छ,’ उनले भने ।
पौडी खेल्न नजान्नेहरूको डुबेर मृत्यु हुन थालेपछि यहाँको सुरक्षामा प्रश्न उठेको रुपन्देही तिलोत्तमाबाट घुम्न सिद्धबाबा आएका ५८ वर्षीय केशव प्रसाद अधिकारीले बताए । ‘नेपाली मात्र होइन, भारतीय नागरिकले समेत ज्यान गुमाएको धेरै भइसकेको छ,’ उनले भने, ‘अब पनि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउन नसके धेरैको ज्यान जाने जोखिम देखेको छु ।’ जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै तिनाउ खोला आसपासमा ११ जनाको डुबेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पनि ७ जनाको तिनाउ आसपासमा डुबेर मृत्यु भएको थियो भने त्यसअघिको वर्षमा ९ जनाले तिनाउ, भूतखोलामा डुबेर मृत्युवरण गरेका थिए ।
गर्मीमा पौडी खेलेर शीतल मनाउन आएकाहरू पानीको गहिराई यकिन गर्न सक्दैनन् । तीन दिनअघि पानी परेर खोला धमिलिएको छ । चैतदेखि तिनाउ खोला प्रायः धमिलो नै हुने स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । ‘यो क्षेत्र खतरापूर्ण छ भन्ने सूचना दिइँदा पनि यस्ता घटना बढ्दै गएका छन्,’ उनले भने । यहाँ घुम्न आउनेहरू सूचनामूलक बोर्डहरू राख्नुपर्ने सुझाव दिन्छन् । स्थानीय प्रशासन वा पालिकाले सुरक्षा सामग्रीसहित व्यवस्थापन गर्नुपर्ने बुटवलका राजन गौतमको सुझाव छ ।
ads/320x320px-banner-dew-0432026041115.png
बुटवल पावर कम्पनीको ड्यामसाइड करिब ३५ देखि ४० फिट गहिरो भएको अनुमान छ । अहिले पुरिादै गएको उनले बताए । यहाा गहिरोभन्दा पनि ड्याममुनि पानीले खोतलेर बनाएको सुरुङ र रडहरूमा ठोक्किएर मानिसको मृत्यु हुने अनुमान खोजी कार्यमा संलग्न सशस्त्र प्रहरीको अनुमान छ । राम्ररी पौडी खेल्न नजान्नेहरू टाउकोमा चोट लागेर बेहोस हुने र निसास्सिएर मृत्यु हुने अनुमान खोजी कार्यमा संलग्न सशस्त्र प्रहरीको छ । पावर कम्पनीले पहिले यो मर्मत गर्ने गरेको भए पनि पछिल्लो समयमा खासै चासो दिएको छैन । यहाँ अधिकांश किशोर तथा युवाले ज्यान गुमाउने गरेका छन् । यस क्षेत्रमा सेल्फी खिच्ने, फोटो खिच्ने तथा पौडी खेल्ने क्रममा घुम्न आउने पर्यटकहरू घटनामा परेका छन् ।
तिनाउ आसपासको क्षेत्र तराईको गर्मी छल्ने केन्द्रको रूपमा विकास भए पनि केही सुरक्षाका गम्भीर विषय उठेकाले स्थानीय सरकार तथा वन समितिले पर्याप्त सुरक्षा सर्तकताका सूचनामा ध्यान दिनुपर्ने तानसेन नगरपालिका–१०, तेल्घाका युवा झवीन्द्र रानाले बताए । पर्याप्त सूचना दिने संयन्त्र बनाएर सबैतिर सचेतना बढाउनुपर्ने उनले बताए ।
हरेक वर्ष पाँच–छ जना युवा यसैगरी डुब्न थालेपछि भुतखोलामा जान गत वर्षदेखि बन्द गरिएको छ । तिनाउ खोला चुनौती बनेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले खोलामा जान रोक लगाएको थियो । तर दोभानका पर्यटनकर्मीले पटकपटक दबाब दिएपछि प्रहरी, प्रशासनले बेवास्ता गर्दै आएको हो । जिल्ला प्रहरी प्रमुख दीपेन्द्र थारू पञ्जियारले खोला, पोखरी, झरना र तालहरूलाई सुरक्षित बनाउनेतर्फ सबैको सहयोग हुनुपर्ने बताए ।भूतखोला, लामीदमार, ड्यामसाइड, रिभर साइडलगायतका क्षेत्रमा पौडिनेहरू बढी जोखिममा परेका छन् ।
साभार/ईकान्तिपुर




