• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा यातायात कार्यालय नहुँदा समस्या : नगर प्रमुख यादव

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र ९, सोमबार ११:१० प्रकाशित
    • अ-
    • अ
    • अ+
     

    बर्दिया / जिल्लामा यातायात कार्यालय नहुँदा यहाँका सर्वसाधारणले सास्ती बेहोर्नु परिरहेको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताएका छन् ।

    जिल्लास्थित यातायात कार्यालय नहुँदा चालक अनुमति पत्र बनाउन समस्या भइरहेको भन्दै आन्दोलित अटो चालकहरू आइतबार नगरपालिकाको कार्यालय पुगेपछि यातायात कार्यालय ल्याउन धेरै प्रयास गर्दासमेत माथिल्लो निकायले नसुनेको नगर प्रमुख यादवले बताएका हुन् ।

    ‘आवश्यक सम्पूर्ण प्रक्रिया पुर्‍याएर अटो चालकलाई अनुमति पत्र दिन सरकारसँग आग्रह गर्दछु,’ नगर प्रमुख यादवले भने, ‘चालक अनुमति पत्र बनाउन, सवारीसाधनको नवीकरण गर्न सर्वसाधारण बाँके धाउनु परिरहेको छ । बर्दियामा यातायात कार्यालय ल्याउनका लागि जग्गा र भवन उपलब्ध गराउँछौं भनेर पटक–पटक पत्र लेख्दासमेत माथिल्लो निकायले हाम्रो कुरा सुनेन । यस जिल्लामा यातायात कार्यालय भएको भए यहाँका सर्वसाधारण अन्य जिल्लामा धाउनुपर्ने स्थिति हुँदैनथ्यो र सहज तरिकाले सेवा लिन पाउँथे ।’

    अधिकांश अटो चालकहरूसँग चालक अनुमति पत्र नहुँदा पटक–पटक ट्राफिक प्रहरीको कारबाहीमा परिरहेका थिए । चालक अनुमति पत्र बनाउन सहजीकरण गरिदिनका लागि अटो चालक आइतबार नगरपालिका पुगेका थिए ।

    अटो चालहरूलाई सिस्टममा आउन नगर प्रमुख यादवले आग्रह गरे । ‘सुरुमा अटो रिक्सा नगरपालिकामा दर्ता गर्नुपर्छ, त्यसको कुनै शुल्क लाग्दैन,’ नगर प्रमुख यादवले भने, ‘तपाईंहरूको समस्यालाई मध्यनजर गरी चालक अनुमति पत्र बनाउन निःशुल्क अनलाइन फर्म भरेर र अनुमति पत्र बनाउन लाग्ने राजस्वसमेत नगरपालिकाले व्यहोरेर सहजीकरण गर्छ ।’

    अटो चालक समस्यामा

    अटो चलाएर दैनिक गुजारा चलाइरहेका आफूहरू जस्ता अहिले धेरै मारमा परेको गुलरिया नगरपालिका–३ का ५२ वर्षीय श्यामु  सिंह बन्जाराले बताए । ‘६ जनाको परिवार पाल्न कम्पनीबाट फाइनाइन्समा अटो लिएको छु । दिनमा मुस्किलले चार/पाँच सय कमाइ गर्छु । अटोको मासिक १५ हजार रुपैयाँ किस्ता बुझाउन धौधौ भइरहेको छ । अझै अटोको १० किस्ता चुकाउन बाँकी छ । अनुमति पत्र नहुँदा ट्राफिकले समाए ५ सय ५० जरिवाना तिर्नुपर्छ,’ उनले भने ।

    दिनभरि कमाएर परिवार पाल्न मुस्किल भइरहेका बेला दिनहुँ ट्राफिक प्रहरीलाई जरिवाना तिर्न परिरहेको गुलरिया–७ का ६२ वर्षीय शिवराम यादवले बताए । ‘लाइसेन्स बनाउन नेपालगन्ज जानुपर्छ,’ उनले भने, ‘दैनिक कमाएर साँझ–बिहानको छाक टारिरहेको छु । लाइसेन्सका लागि बाँके धाउन खर्चको कुनै जुगाड पनि छैन । कसरी र कहिले लाइसेन्सका लागि फर्म भर्ने भन्ने थाहा हुँदैन । हामीजस्ता गरिबको समस्या बुझेर नगर प्रमुखले लाइसेन्स बनाउन आवश्यक सहयोग गर्ने भनेपछि खुसी लागेको छ ।’

    हालसम्म ३६ वटा अटो रिक्सा नगरपालिकामा दर्ता भएको गुलरिया नगरपालिकाका वरिष्ठ लेखा अधिकृत रूप सिंह खत्रीले बताए । नगरमा अटो निःशुल्क दर्ता हुन्छ, तर अटो खरिदको बिल र बिमाको कागजपत्र आवश्यक पर्ने उनले जनाए । सबै मापदण्ड पुर्‍याएर मात्र अटो चलाउनु पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए ।

     

     

     

    साभार कान्तिपुर

     

     

     

     

    Post Views: 136
    प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार ११:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.