• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

इरान युद्ध : अमेरिकाद्वारा आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न निर्देशन

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १, आईतवार १२:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    १ चैत, काठमाडौं / इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रका १४ वटा देश छाड्न अपिल गरेको छ।

    यसअघि बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र खसेको घटनापछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो।

    अमेरिकी दूतावासले चेतावनी दिँदै नागरिकहरूलाई ‘तत्काल इराक छाड्न’ भनेको छ।

    दूतावासले लेखेको छ, ‘इराकमै बस्ने निर्णय गरिरहेका अमेरिकी नागरिकहरूलाई इरान समर्थित आतंकवादी मिलिसिया समूहहरूबाट उत्पन्न गम्भीर खतरालाई मध्यनजर गर्दै आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरिन्छ।’

    समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाले शनिबार ओमानबाट गैर-आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई बाहिरिन आदेश दिएको जनाएको छ।

    यसैबीच, स्विट्जरल्यान्डले आफ्नो हवाई क्षेत्रबाट अमेरिकी सेनालाई उडान भर्न दिने दुईवटा अनुरोधलाई खारेज गरिदिएको छ। स्विस सरकारले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। स्विट्जरल्यान्डले इरान युद्धलाई लिएर यस्तो निर्णय गरेको जनाएको छ।

    स्वीस सरकारले आफ्नो निर्णयको पछाडि देशको ‘तटस्थता कानुन’ लाई उद्धृत गरेको छ।

    विज्ञप्तिमा भनिएको छ- ‘यो कानुनले द्वन्द्वमा संलग्न पक्षहरूलाई हवाई क्षेत्रको प्रयोगको अनुमति दिनबाट रोक्छ, जसले उक्त द्वन्द्वसँग जोडिएको सैन्य उद्देश्य पूरा गर्दछ।’

    यद्यपि, स्वीस सरकारले अन्य तीनवटा उडानलाई भने अनुमति दिएको जनाएको छ। तीमध्ये एउटा उडान मर्मतसम्भारका लागि र दुईवटा उडान ढुवानी सँग सम्बन्धित थिए।

     

     

     

    साभार अनलाइनखबर

    Post Views: 93
    प्रकाशित मिति: २०८२ चैत्र १, आईतवार १२:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.