• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई

  •  माउण्टेन संवाददाता
  • २०८२ माघ २८, बुधबार २१:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालगञ्ज / पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि लक्ष्मी माबि कोहलपुरकी आशिका केसीले हासिल गरेकी छिन् ।बास नेपालको आयोजनामा आयोजित सिजन ४ को फाइनल राउण्डमा छनौट भएका १० जना प्रतियोगीहरुमध्ये आशिका प्रथम हुन सफल भएकी छिन् ।

    प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै आशिकाले नगद रु. २५ हजार, ट्रफी र प्रमाणपत्र हासिल गरेकी छिन् । यसैगरी प्रतियोगिताको द्वितीय र तृतीय स्थान क्रमशः कृष्ण माबि कोहलपुरकी शृष्टि बुढा मगर र ज्ञानोदय नमुना माबि खजुकाकी मनिषा उपाध्यायले हासिल गरेकी छिन् ।

    द्वितीय र तृतीय हुन सफल प्रतियोगीले क्रमशः १५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा १० हजार नगद, ट्रफी र प्रमाणपत्र हासिल गरेका छन् ।

    यसैगरी प्रतियोगिताका १० जना प्रतियोगीहरुमध्ये भोटिंगको आधारमा ज्ञानोदय नमुना माबि खजुकाकी मनिषाले पब्लिक च्वाइस अवार्ड हासिल गरेकी छिन् । मनिषाले पब्लिक च्वाइस अवार्ड वापत नगद २५ हजार, ट्रफी र प्रमाणपत्र हासिल गरेकी छिन् ।

    प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, कार्यक्रमका बिशिष्ट अतिथि केएल दुगड ग्रुप नेपालगञ्ज प्रमुख प्रदिप छाछेड, निर्णायक बास नेपालका संस्थापक सल्लाहकार रुद्र तिमिल्सिना, सामाजसेवी शशी सिंह, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा लगायत पदाधिकारीहरुले वितरण गरेका थिए ।

    बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषण कलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले पब्लिक स्पीचको आयोजना गरिँदै आएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सुचना आयुक्त बास्कोटाले गमलामा पानी हालेर कार्यक्रमको उद्धघाटन गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष बर्माको अध्यक्षतामा भएको प्रतियोगितामा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा पब्लिक च्पाइस अवार्डको घोषणा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

    Post Views: 138
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार २१:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.