• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

झापा ५ को इपिसेन्टरबाट मन्धरा भन्छिन् – मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु

  •  माउण्टेन संवाददाता
  • २०८२ माघ २८, बुधबार २०:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    झापा / झापा ५ की नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले जित्ने दाबी गरेकी छिन् ।

    सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले स्थानीय तहमा समाजसेवा गर्दै आएको र बालबालिकाको क्षेत्रमा काम गर्दै आएकाले स्थानीयहरूको विश्वास रहेको बताइन् ।

    उनले भनिन्, ‘म यहीँको स्थानीय हो । मेरो क्षेत्रमा मैले स्थानीयहरूको समस्या र गुनासो दुवै सुनेर काम गरेकी छु। बालबालिकाको क्षेत्रमा पनि विशेष काम गर्दै आएकीले यहाँ मलाई सबैले चिन्नुहुन्छ। मतदाता नै मेरो परिवार हो । भोट यसपालि मलाई नै दिनुहुन्छ ।

    उनले  आफू मिडियामा कम आए पनि जनताको घरदैलोमा सधैं पुग्ने गरेको बताइन् । उनले भनिन्, ‘म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु। त्यसकारण मलाई उहाँहरूको मतप्रति विश्वास छ।’

    झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह बालेन पनि उम्मेदवार रहँदा उनीहरूका मात्र चर्चा मिडियामा भएकोप्रति चिमरियालाई कुनै गुनासो नभएको हो ।

    झापा ५ लाई अहिले निर्वाचनको इपिसेन्टर नै मानिएको छ । एमालेले ओलीलाई र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीमा प्रस्तावित गर्दै उम्मेदवार बनाएकाले चासो बढी भएको हो ।

    ओली र बालेनका कारण अन्य उम्मेदवार छायाँमा परेको देखिए पनि ओली र बालेनलाई वास्ता नगरी मन्धरा अगाडि बढिरहेकी हुन् ।

    Post Views: 100
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार २०:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.