• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रिय जेन जि छोराछोरी

  •  बिना कुमारी भट्टराई
  • २०८२ भाद्र ३१, मंगलवार १०:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तिमिहरूले परिवर्तनका लागि आट गरेउ,आवाज उठायैो , दवाव दिने निर्णय गरेउ, कुनै नेतृत्व विनाको, दलिय राजनीति विनाको ,शान्त र स्वस्फूर्त युवाको जमात उठेउ,तर त्यसमा घुसेर सधै समाजमा अराजक मच्चाउन खोज्नेका कारण, ठूलो मानवीय क्षति भयो,सरकारी सम्पत्ति क्षति भयो,सयैो भ्रषटका प्रमाण छानिछानि जलाइए । त्यतिले पुगेन सयैोलाई रोजगारी दिएका व्यापारिक संस्था, सञ्चार माध्यम र दुख आर्जेका व्यक्तिका नीजि सम्पति पनि ध्वस्त पारिए ।

    हुनत देशमा आन्दोलन पटक पटक भयो । निरंकुश व्यवस्था परिवर्तनका लागि राणा शासनका विरूद्ध लडेका, पञ्चायती व्यवस्थासंग लडेका , शसस्त्र द्वन्द्वलाई शान्तिपुर्ण अवतरण गराएका, पुराना नेताहरूको काम गर्ने शैली समय अनुसार र युवा पुस्ताको भावना अनुरूप नचल्दा सवै त्याग ओझेलमा परे । २०६२/०६३को आन्दोलन पछि करिव ८ वर्ष लगाएर बनइएको संविधान अनुरूप संघीय लोकतन्त्रीक गणतनत्रात्मक देश भयो, तिन तहका सरकार र आफ्ना जिम्मेवारी तोकिए । तर पछाडि पारिएका बर्ग र समुदायको प्रतिनिधित्व बाहेक संविधानको मर्म र भावना अनुसार काम नभएकै कारण आजको यो अवस्था सृजना भयो । ठुला दलका सवै नेतृत्व पटकपटक प्रधानमन्त्री भए तर यो ८ वर्षमा पनि बनाउनु पर्ने धेरै कानुन बनेनन । जनताले पाउने सेवा सरल र सहज कहिल्य भएन । अति आवश्क सेवा लिन पनि जिल्लाका कार्यालयमै धाउनु पर्ने बाध्यता हटेनन । नागरिकता बनाउन प्रशासन कार्यालयमै जानुपर्ने, करतिर्न समेत एउटै व्यक्ति धेरै कार्यालय जानु पर्ने, जग्गा पास गर्न विचैोलियाको सहारा नलिइ नहुने, यातायात कार्यालयमा विचैोलियाको सहारा नलिइ नहुने ,आफ्नै देशमा हिड्दा पनि हरेक ५/७ किमिका फरकमा ट्राफिक चेकजाचका बहानामा नागरिकले दुख पाइरहे । जे काम गर्नपनि, जहापनि लाइन लाग्नुपर्ने, जहापनि भनसुन नै चल्ने यो व्यवस्था परिवर्तनको अनुभूति वास्तवमा जनताले गर्नै पाएनन भन्दा अतिशयोत्ति नहोला । तहगत अधिकार प्रत्योजन नगर्दा, स्थानीय तहका २२ वटा एकल अधिकार मध्ये २ वटा अधिकार पनि आशिक रूपमा मात्र स्थानीय तहले प्रयोग गरेका छन । संघ र स्थानीय तहका कर्मचारिमै पनि विभेद गरियो । संघिय मानसिकताबाट नत नेता न कर्मचारी माथि उठन सके , स्थानीय तहका जनप्रतिनिधि हुनुका नाताले कैयैो फोरममा हामीले आवाज उठाइरह्यैो । केहि त होला भन्ने आशामा थियैो । केहि हुदै नभएको चाहि हैन ,धेरै राम्रा काम पनि हुदै थिए तर सुधार गर्नु पर्ने कुरा धेरै थिए । तर सधै नकारात्मक र गलत भाष्य मात्र प्रयोग गरियो ।सहि र गलत हैन ,सवै गलत मात्र भनेर प्रचार गरियो । त्यसैले विद्रोहोको आवाज उठ्यो,त्यहिबाट सुधार हुन सक्थ्यो तर आन्दोलनले फरक मोड लियो ,अव आउने पुस्ताले इतिहास पढ्लान ,विश्लेषण गर्लान ।
    प्रिय जेनजि युवाहरू
    हामी एकदलीय व्यवस्था फालेर बहुदलीय व्यवस्थामा थियैो, जसलाई जुन दलका सिद्धान्त मनपरे त्यहि दलमा आवद्ध भए या समर्थन गरे । कोहि नेता थिए, कोहि केवल सामान्य कार्यकर्ता मात्र । तर एकदिनमा जुन अप्रत्याशित घटना भयो सबैलाई भ्रष्टाचारी मात्र देखियो । राजनीतिलाई सेवा भाव सोचेर दिनरात काम गर्नेहरू, आफ्ना भएका सम्पति पनि सकेर पनि सेवामा लाग्नेलाई पनि पदमा भएकै कारण कारवाहिका नाममा छानिछानि तिनका सम्पति जलाइयो । कतिको सम्पति जलाउन भरमग्दुर कोशिस गरियो । तर राजनीतिको आडमा अकुत सम्पति जोडेका त निश्फिक्री बसिरहे ।
    प्रिय भाइवैनिहरू
    तिमिहरूलाई थाहा छ कि छैन तिमिहरु त काठमाडौं बस्छौ तर तिमिहरू बस्ने त्यही वडाको सदस्य, अध्यक्ष, उप–मेयर,मेयरहरू तिम्रा गाउका जन्ति र मलामि हुन । तिम्रा बा आमा दिदी–बहिनी विरामि हुँदा एम्बुलेन्स पठाएका छन् । औषधि छैन भन्दा प्रेसर, सुगरका औषधिहरू घरमै पुर्‍याएका छन् । बाढी आउदा होस या पहिरो जांदा ,हात्तीले घर भत्काउदा होस या बाघले मान्छे मार्दा होस सवैभन्दा पहिले जनप्रतिनिधि नै पुगेका छन्। तिम्रा बा आमा हिड्न सक्दैनन भनेर सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्‍याएका छन । मेरो छोरोले र बुहारीले मलाई हेला गरे भनेर आउदा छलफल गराएर, आफ्नो कर्तव्य पुरा गर, भनेर खवरदारी गरेका छन् । कोहि पढ्न पाएननकि भनेर खोजिखोजि विद्धालय पुर्याएकाछन् , बरू शिक्षक विरोधि बन्न तयार भए तर शिक्षाको गुणस्तर घटाउन पाइदैन है भनेर खवरदारी गरिरहे ।

    गाउ टोलकै माग र अनुसार श्रोतले भ्याएसम्म सरकार मात्र हैन व्यक्ति ,संघसंस्थासंग हातजोडी जोडी, कचैोरा थापिथापि भएपनि श्रोतको खोजि गरेर गाउठाउकै विकास गर्ने कोशिस गरेका छन् । न्यून श्रोतमा पनि हिजोका हिलाम्मे बाटो ग्राभेल हुदै गए, ग्राभेल बाटो कालोपत्रे बनेका थिए। सुख्खा ठाउमा सिचाईको व्यवस्था, सडक किनार नाला बन्दैछन, तिमि हामीले टहरोमा पढेका विद्धलय बहुतले र आधुनिक बन्दै छन । सुचना प्रविधिको पहुच हरेक विद्धालयमा पुर्याएका छन् । हिजो निर्वाधरूपमा उठाइएका ढुंगा,गिटि बालुवा समेत बेचेर राजश्व उठाएका छन् । कमसल माल विक्रि र कालोबजारी गर्नेलाई खवरदारी गरेकै छन् । काममा ढिलासुस्ती गर्नेलाई ताकेता गरिरहेकै छन् । यति गरेकै कारण धेरैको विरोधि भएकै हुन । यति मात्र हैन कसैले पैसा छैन भनेर वा केही सहयोग माग्दा व्यक्तिगत रूपमा गोजीबाट झिकेर धेरैले दिएकै छन ।वर्षभरिमा हजार रूपिया पनि कर नतिर्नेले हाम्रो करबाट उठेको पैसाले सेवा सुविधा प्रयोग गरेका छन भनेर गरेका गाली खाइरहेकै छन् ।
    प्रिय भाइबैनिहरू
    तपाइहरूले त देख्नु भएन , संघका नेताको त मलाई थाहा छैन तर स्थनीय तहका शायद कुनै जनप्रतिनिधिले धेरैजसो बिहानको खाना कसैले खाए ,खाएपनि बेलैमा त कसैले खाएनन । भोकै बसेर सेवा गरे । कतिले चिया , पानी मात्रै खाएर जनताको काममा धाउदा धेरैले ग्यास्ट्रिक, अल्सर, सुगर र प्रेसर उपहारमा पाए । तर आज विशेष राजनीतिक दललाई मात्र टार्गेट गरी गरी एकै चोटि दोषी देखाईयो। धेरैका बुवा आमा ,सासु ससुराले बनाएका पुर्ख्यैोलि घर पनि जलाइए । उनिहरू बेघरबार हुदा कतिलाई आत्म सन्तुष्टि पनि मिल्यो होला, तर ति रोगी र बृद्ध बुवा आमाको आखाबाट झरेका बलिन्द्र धारा आशुलाई नियालेर हेर्नुस कति पिडा देख्नुहुन्छ । हो यहा समस्या छ, हामीलाई पनि थाहा छ, तर सवैलाई एउटै आखाले हेर्न मिल्दैन ।यहि आन्दोलनका नाममा केहि अराजक र समाजसेवालाई अपराध देख्ने अराजकले कुनै कार्यकारी अधिकार नभएका उपमेयरहरूलाई पनि कारवाहि गरियो । समाजमा कमलाई पनि निरन्तर धम्की र म्यासेज गरिरहे तर समाजका केहि असल व्यक्ति सुझबुझपुर्ण नगरपालिका नेतृत्व र नेपाली सेनाका कारण म र मेरो परिवार सुरक्षित रहन सक्यैो ।

    म आफु उपप्रमुख भएका कारण उपप्रमुखलाई गरेका कारवाहिले धेरै पिडा बोध हुदा यो लेख्न मन लाग्यो । उपप्रमुख पद ,न कार्यकारी अधिकार छ , न आर्थिक अधिकार छ , बरू एउटा वडा अध्यक्षले वडाको अधिकार प्रयोग गर्छ तर विभिन्न अपजसी र समन्वकारी भूमिका मात्र भएका धेरै उपमेयरलाई राजनीतिक प्रतिशोध साधेर कालोमोसो दल्ने देखि ,व्यक्तिगत सम्पति आगजनी गरियो । यसो भनिरहदा प्रमुख र वडा अध्यक्षहरूको आगजनि गर्नु सहि हो भन्ने नबुझियोस । काम गर्न चाहने प्रमुखहरूका पनि आफ्नै पिडा छन् । नेतृत्वले सवैलाई मिलाएर लैजनुपर्ने ,जस लिन सवै तम्सिने तर अपजस सधै नेतृत्वको टाउकोमा राखेर पन्छिने जनता हैन जनप्रतिनिधकै कारण राम्रो नराम्रो जे भएपनि जवाफ दिनु पर्ने ,जिम्मेवारी लिनु पर्ने समस्या छन् । आज जसले राम्रा काम गर्न खोजेका छन् तिनै प्रमुखलाई झन निशाना बनाइयो ।

    हुनत युवाहरूले देश विदेशका विकास देखेर हाम्रो गाउको विकास पनि त्यस्तै हुनुपर्ने भन्ने सोच्यैो , तर एक स्थानीय तहमा कति श्रोत हुन्छ , खर्च गर्ने प्रणाली कस्तो छ , जनप्रतिनिधि र कर्मचारीको जिम्मेवारी के के छ शायद हामीले बुझाउन सकेनैो । न्यूनतम विडिङ गर्नेलाई योजना दिनु पर्न , योजना लिने तर कामै नगरेर योजना अलपत्र पारिदिनेका कारण कति जनप्रतिनिधिले दिनरात गाली पनि खाइरहे, चरित्र हत्या पनि भैरहे ।राजनीतिक पदमा भएकाले मात्र भ्रषटाचार गर्छन भन्न्ने भाष्य सृजना गरेर बाहिर या अन्य पदमा रहनेले अर्थात झन बढी भ्रषटाचार गर्नेले, समाजमा सवैभन्दा बढी भ्रष्ट छ उसैले निरन्तर जनप्रतिनिधिलाई गाली गरिरहे , भ्रम सृजना गरिरहे । अहिलेको व्यवस्था र नेताप्रति जसले बढी नकारात्मकता फैलाउछ समाजमा उनै बढी हावी भैरहे ।

    राजनीति पेशा हैन सेवा हो भन्ने भावबाट प्रेरित भई काम गर्नेलाई हतोत्साहि बनाउदा निश्वार्थ भावले समाजसेवा गर्र्नेको मन कति दुख्यो होला अनुमान गर्न सक्नुहन्छ । किनकि सामाजिक सेवा गर्नु सानो मन र सोचले हुदैन । त्यो गर्ने र भोगेकोले मात्रै थाहा होला ।

    हामी सबैले सोचे जस्तो भएको छैन होला, तर अब देशलाई कस्तो बनाउने हो हामीले नै सोचैो । काम गर्न कुनै न कुनै नियम कानुन त चाहिन्छ नै, हामीसंग हामीले बनएको संविधान छ । यसमै टेकेर अगाडि बढैो । यसमा संशोधन गर्नुपर्ने विषयहरूलाई संशोधन गरैो । व्यवस्था परिवर्तन हैन , नेतृत्व सुधार गर्न लागैो

    Post Views: 161
    प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार १०:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.