• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हात्ती सचेतना हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  •  हरि गुरुङ्ग
  • २०८२ भाद्र १५, आईतवार २०:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको मधुवन नगरपालिका वडा नं ६ को गुराँस नमूना माध्यमिक विध्यालयमा हात्ती मेरो साथी विध्यालय इको क्लबको आतिथ्यतामा आज आइतबार हात्ती सचेतना हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो।
    मधुवन नगरपालिका अन्तर्गत रहेका १० वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको हाजिरी जवाफ प्रतियोगितामा गुराँस नमूना माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं ६ प्रथम स्थान भएको छ भने त्रिभूवन माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं १ सूर्यपटुवा द्वितीय, मञ्जुश्री बाल बाटीका माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं २ बगालिपुर तृतीय स्थान प्राप्त गरेको छ ।

    हाजिरी जवाफ प्रतियोगितामा नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं ४ ढोढरी ले सान्तवना प्राप्त गरेको थियो । हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हुने विद्यालयले नगद ५ हजार मेडल प्रमाणपत्र प्राप्त गरेको थियो भने द्वितीय हुने विद्यालयले नगद ४ हजार रुपैया र मेडल प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद ३ हजार रुपैया र मेडल प्रमाणपत्र र सान्तवना प्राप्त हुने विद्यालयले नगद २ हजार रुपैया र मेडल प्रमाणपत्र मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले हस्तान्तरण गर्नुभएको थियो।

    जर्मन कर्पोरेशन, ग्लोवल नेचर फन्ट, आई.यु.सी.एन., एन.ई.डब्लु.एस., खाता सामुदायीक वन समन्वय समिती मधुवन नगरपालिका वडा नं ३ बर्दिया र उज्यालो नेपाल ठाकुर बाबा नगरपालिका वडा नं १ भुरिगाँउ बर्दियाको सहयोग समन्वय र सहकार्यमा हाजिरी जवाफ प्रतियोगिता संचालन भएको थियो।


    हाजिरी जवाफ कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख तेज बहादुर भाटले विद्यार्थीहरुलाई ठूलो मान्छे बन्ने कि असल मान्छे बन्ने भनी प्रश्न गर्दै मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई निर्देश दिँदै स्थानीय पाठ्यक्रममा बाघ,हात्ती,गैँडा जस्ता वन्यजन्तुका आनीबानी, कसरी बच्ने भने कुरा अनिवार्य समावेश गर्नुपर्ने जरुरी देखिएको हुनाले यस तर्फ विशेष जोड दिन मधुवन नगरपालिका शिक्षा शाखालाई अनुरोध गर्नुभयो । विद्यार्थीहरु मार्फत मानव हात्ती सह अस्तित्वका लागि सचेतना अभी वृद्धिका लागि यस्ता किसिमका सन्देश मुलक कार्यक्रमले राम्रो प्रभाव पार्ने आयोजकले जानकारी दिएका छन ।


    उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, उपप्रमुख अनिता चौधरी, बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्व बाबू श्रेष्ठ, मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख नारायण पोख्रेल, हात्ती मेरो साथी संयोजक धनिराम चौधरी, उज्यालो नेपालका स्वयमसेवक रमेश कुमार थापा , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर खत्री, विभिन्न विद्यालयका इको शिक्षकहरू लगायत हात्ती मेरो साथीका गाँउ टोल संयोजकहरु, हात्ती मेरो साथी विद्यालय इको क्लब का विद्यार्थीहरु उपस्थिति रहेको थियो।

    Post Views: 312
    प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार २०:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.