विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारी संस्थाका पूर्व प्रमुख प्रशासिका राजयोगिनी दादी प्रकाशमणिजीको १८औँ पुण्यतिथिमा आयोजित विशाल रक्तदान महाअभियान शिविरको बर्दियामा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। बर्दिया लगायत देशै भरि गरिएको रक्तदान कार्यक्रममा ११ हजार ९ सय १६ पिन्ट रगत संकलन भएको आयोजकले जानकारी दिएका छन्।