बर्दियाको ठाकुरद्धारामा ३ जिल्लाका सहजकर्ता र कर्मचारीहरु लाई प्रशिक्षण तालिम प्रदान गरिएको छ । हाम्रो साहास परीयोजना अन्र्तगत वर्दिया, दाङ्ग र कपिलवस्तु जिल्लाका २४ जना हाम्रो साहास सहजकर्ता र कार्यक्रमका कर्मचारी सहित ३२ जनालाई ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम प्रदान गरिएको हो । लैगिंक समानता तथा समाजिक समावेशीकरण, अपाङ्गता र लैगिंकता को आधारमा गरिने हिंसा साथै सामुदायिक हानिकारक अभ्यास न्युनिकरण सम्बन्धि तालिम प्रदान गरिएको आयोजक थारु महिला उत्थान संघ बर्दियाले जानकारी दिएको छ । तालिममा सहभागि वर्दियाकी सचिला चौधरीले जिवनकालमा धेरै तालीम लिएपनी प्रभावकारीताको तवरमा पहीलो भएको उनले भनिन् ।
दाङ्ग राप्ति गाँउ पालिकाकी सहजकर्ता हिरा पाण्डेले जिवनमा पहिलो पटक यति ज्ञानवद्र्घक जानकारी पाएको बताउँदै मैले काम गर्ने समुदायमा प्रयोग गर्न सकेमा परीवर्तन निश्चित रहेको उनले भने ।

कपिलवस्तु जिल्लाबाट सहभागि निलम उपाध्यायले सिकाई र विषयवस्तु समय र समुदायको आवस्यकता अनुसार रहेकोले समुदायलाई सहयोग पुग्ने र आफ्नो जिवनकालमा पनी सदुपयोग गर्न सके महिला नेतृत्व सक्षम हुनसक्ने समेत उपाध्यायले बताइन ।
कार्यक्रममा जिल्ला सम्न्वय समिति प्रमुख सूर्य वहादुर विष्टले भने विभिन्न जिल्लाका सहजकर्ता हरुलाई वर्दियामा राखेर क्षमता विकाश गरी कार्य गर्न सक्षम वनाए को सस्थालाई धन्यवाद दिदै आगामी दिनहरुमा परीयोजनाले राखेको लक्ष्य अनुसार प्रगति हुदै जाने र समुह स्तरमा गरेको सफलताका अभ्यास हेर्ने वातावरण वनाउन पनी सस्थालाई विष्टले सुझाव दिए ।
सस्थाले विगत ३३ वर्ष देखी विभिन्न क्षेत्रमा कार्य गर्दै आईरहेको भएपनी समुदायमा भएका हानीकारक मुल्य मान्यताहरुलाई न्यूनिकरण गर्दै हिंसा रहित तथा आपाङ्गमैत्री उदाह– रणीय समुदाय वनाउन सस्थाले ३ जिल्लामा कार्यक्रम सुरु गरेको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले भनिन् ।
तिनवटै जिल्लाको ४÷४ वटा पालीकामा कार्यक्रम गर्ने गरी प्रति पालीका २ जना सहजकर्ता राखीएको छ भने सहजकर्ताहरुले समुह गठन गर्ने, विभिन्न सरोकारवाला निकायहरु सगँ समन्वय गर्ने र प्रत्येक समुहमा रुपान्तरण कक्षा संचालन गरी समुहका सदस्यहरुलाई क्षमता विकास गरी विभिन्न सेवा र पहुचँमा पुर्याउने कार्यक्रमको लक्ष्य रहेको थारुले जानकारी दिइन् । समुहमा महिला, विपन्न वर्ग र अपाङ्गता भएको व्याक्तिहरुलाई समेट्ने छ भने आदीवासी जनजाती पहिलो प्राथमिकतामा पर्ने सस्थाका कार्यक्रम व्यवस्थापक तेजमणि पन्थले वताए । यु.एन. ओमनको आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्र वर्दियाले २०२५ मार्च देखी २०२७ डिसेम्वर सम्मका लागी वर्दिया, दाङ्ग र कपिलवस्तु जिल्लाका ४/४ वटा पाली– कामा कार्यक्रम संचालन गर्ने गरी परीयोजना संचालन भएको पन्थले जानकारी गराउनु भयो ।
साउन १० देखी २४ सम्म वर्दियाको ठाकुरद्घारामा सचालित तालीमको सहजीकरण राष्ट्यि स्तरका प्रशिक्षक सोनालाल चौधरीले गर्नु भएको थियो ।




