• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बबई नदी व्यवस्थापनका लागि राज्यको ध्यानाकर्षण गराऔ

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण २२, बिहीबार ०८:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया जिल्लाको सदरमुकाम गुलरिया, मधुबन, बारबर्दिया, ठाकुरबाबा नगरपालिका लगायतका धेरै भूभाग बबई नदीको जोखिमबाट प्रभावित हुने गर्दछ । बबई नदीमा सुरु गरिएको तटबन्ध बजेट अभावमा अधुरो रहेको छ त्यसैले यस पटकको बस्र्मा बर्दियामा बबई नदीबाट बाढी र कटानको जोखिम बढी रहेको छ ।

    मनसुनको सक्रियतासगै निरन्तर बर्षा हुने क्रम बढिरहेको छ । बढ्दो बर्षाले नदीको वहाव दिनप्रतिदिन बढ्दै छ । बर्दिय जिल्लाको सदरमुकाम गुलरियामा नदीको बहाव बढेसगै बाढीको जोखिम हुने आकलन गर्न थालिएको छ । विशेष गरेर गुलरिया क्षेत्रमा बबई नदीमा तटबन्धन पूरा नभएका ठाँउहरुमा नदीले कटान गर्न सक्ने र ती ठाउँ भएर बबई नदी गुलरिया बजार क्षेत्र लगायत आसपासका गाउँहरुमा पस्न सक्ने जोखिम रहेको स्थानीय बासिन्दाको आकलन रहेको छ । बबई, भादा, ओराही नदी नियन्त्रण आयोजनाले थालेको तटबन्धन कार्य बजेट अभावले पूरा हुन नसक्दा अहिले गुलरिया असुरक्षित बन्न पुगेको छ । बर्दिया जिल्लामा स्थापित बबई नदी व्यवस्थापन आयोजना जिल्लाबाट बाहिर लगिएको घटनाबाट यस क्षेत्रका नागरिक चिन्तित बनेका छन । आयोजनालाई पूर्ण संचालनमा ल्याउन बजेट अभाव हुन नदिन राज्यको गम्भीर ध्यानाकर्षण गराउन जोड दिन आवश्यक छ ।

    नदी बस्तीमा प्रवेश गर्न सक्ने र कटान गरेर क्षेति पुर्याउन सक्ने पहिचान भएका ठाउँमा कसरी सम्भाव्य जोखिमबाट बच्न पूर्व कार्य गर्ने भन्ने विषयमा गम्भीर गृहकार्य हुन सकेको छैन । अस्थायी रुपमा भए जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने बजेट समेत आयोजना सग छैन भन्ने सूचनाले जोखिममा के गर्ने भन्ने विषय थप पेचिलो बन्न पुगेको छ।जिल्ला र पालिका स्तरमा रहेका विपतसग सम्बद्ध सरोकारवाला कार्यालय ,संस्था तथा यस क्षेत्रका जनप्रतिनिधिहरुले सामुहिक रुपमा यस विषयमा छलफल चलाउनु र आवश्यक योजना निर्माण गर्न तदारुकता देखाउन आवश्यक छ।बाढीको जोखिम बर्दियाको गम्भीर र टड्कारो समस्या हो यसको ध्यानाकर्षण समाधानका लागि राज्यले लिनु पर्छ ।यसका लागि सबै पक्षबाट राज्यको ध्यानाकर्षण गराउन आवश्यक छ ।

    Post Views: 252
    प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार ०८:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.